०४ भाद्र २०८३, बिहिबार
20-08-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा कहाँ खुल्याे “शैलुङ रेष्टुरेण्ट” ?

SAILUNG RESTAURANT
Logo
जनचर्चा संवाददाता

विराटनगर, कार्तिक १४ । विराटनगरको खाद्य संस्कृतिमा नयाँ आयाम थप्दै शैलुङ रेष्टुरेन्ट संचालनमा आएको छ।  विराटनगर महानगरपालिकाबाट १०० मिटर उत्तरतर्फ मेनरोडमा अवस्थित साे रेष्टुरेन्ट विराट स्कुल अफ होटल म्यानेजमेन्टले संचालनमा ल्याएको हो।

विगत पाँच वर्षदेखि सोही स्थानमा होटल म्यानेजमेन्ट तालिम दिँदै आएको विराट स्कुल अफ होटल म्यानेजमेन्ट (BHSM) को अनुभवी जनशक्तिले नै रेष्टुरेन्टको संचालन गर्दैछन्। संचालक आभास थापाका अनुसार आफ्नै होटल म्यानेजमेन्ट स्कुल भएकाले खाना पकाउनेदेखि पस्कने र रेष्टुरेन्ट व्यवस्थापनसम्मका सबै काम दक्ष व्यावसायिक जनशक्तिबाट गराइने व्यवस्था मिलाइएको छ।

आकर्षक वातावरण र उच्च गुणस्तरीय खानाको संगम रहेको यस रेष्टुरेन्टको विशेषता भनेको यसको अनौठो डिजाइन हो। ओपन रुफको अवधारणामा निर्माण गरिएको यहाँ खुला आकाशमुनि भोजनको आनन्द लिन सकिन्छ। परम्परागत शैलीका खरको छाना र बाँसले निर्मित कटेजहरूले थप आकर्षण थपेका छन्। यी वाहेक यँहा रहेकाे दुई तले कंक्रिट भवनको माथिल्लो तल्लामा होटल म्यानेजमेन्टका कक्षाहरू संचालन हुने गरेका छन् भने तल्लो तल्ला रेष्टुरेन्ट विस्तारको चरणमा रहेको छ।

५० जना क्षमताको यस रेष्टुरेन्टमा भारतीय, चाइनिज र कन्टिनेन्टल परिकारहरूको विस्तृत मेनु उपलब्ध छ। बटर पनीर, चिकन बटर मसला जस्ता मेन कोर्सदेखि विभिन्न प्रकारका स्न्याक्स, पिज्जा, मोमो र पेय पदार्थहरूको विकल्प रहेको छ। विशेष गरी एक्सप्रेसो, डोपियो, लाटे जस्ता विशिष्ट कफी र विभिन्न प्रकारका सफ्ट तथा हार्ड ड्रिंक्सको उपलब्धताले यसलाई पूर्ण रेष्टुरेन्टको रूपमा स्थापित गरेको छ।

होटल म्यानेजमेन्ट स्कुलको सुविधा प्रयोग गर्न सकिने भएकाले न्यून संचालन खर्चका कारण सुलभ मूल्यमा उच्च गुणस्तरको खाना उपलब्ध गराउन सकिएको संचालक थापाको दाबी छ। गेट टुगेदर, जन्मदिन लगायत विभिन्न पार्टीका लागि विशेष प्याकेजको व्यवस्था समेत गरिएको छ। शान्त र परिवारिक वातावरणमा गुणस्तरीय खाना र सेवाको अनुभव लिन चाहनेहरूका लागि शैलुङ रेष्टुरेन्ट विराटनगरमा उत्कृष्ट विकल्प बनी रहेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]