१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा खुल्याे “बझघरा” रेष्टुरेण्ट : थारु परिकार घुंगी-सिप्पी, हाँस-परेवा पाईने

Logo
जनचर्चा संवाददाता

विराटनगर, कार्तिक १५। थारु परिकार पाइने रेष्टुरेण्ट ‘बझघरा’ विराटनगरमा संचालनमा आएको छ। मुनालपथस्थित हाइवेमा खुलेको यो रेष्टुरेण्ट कोशी प्रदेशकाे थारु परिकार पाइने पहिलो र एकमात्र रेस्टुरेन्ट हो। यतिको संरचना र लगानीमा खुलेको यो नेपालकै पहिलो थारु परिकारकाे  रेस्टुरेन्ट हुनसक्ने अनुमान समेत गरिएको छ। रेष्टुरेण्टमा थारु जातिका परम्परागत परिकार घुंगी, सिप्पी, भक्का, बिगिया र उड्वा भुजा पाइन्छन्। यसका साथै माछा, हाँस, परेवा र लोकल कुखुराका परिकार पनि उपलब्ध छन्।

रेष्टुरेण्टका संचालक कुलदीप चौधरीका अनुसार सबै खानेकुरा प्लेट अथवा खाजा सेटका रूपमा उपलब्ध छन्। सिध्राको अचार यहाँको विशेष परिकार रहेको छ। खाना सटेमा विशेष प्रकारको चामल प्रयोग गरी लोकल कुखुरा, परेवा, हाँस वा खसीको मासुसँग पस्किने गरिएको छ। करिब ५ हजार स्क्वायर फिटभन्दा बढी क्षेत्रफलमा फैलिएको यस रेष्टुरेण्टमा ओपन रुफ डाइनिङ, फाइन डाइनिङ तथा गेटटुगेदर र पार्टीका लागि क्याबिनको समेत व्यवस्था गरिएको छ। थारु परिकारका अतिरिक्त कन्टिनेन्टल खानाहरू पनि उपलब्ध छन्। मोमो, चाउमिन, बर्गर, पाकौडा, आलुका फ्राइड परिकार, चिकन तथा मटनका फ्राइड, ग्रिल्ड एवं बोइल्ड परिकार समेत पाइन्छन्। रेष्टुरेण्टमा हार्ड र सफ्ट दुवै प्रकारका पेय पदार्थ उपलब्ध छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]