२४ माघ २०८२, शुक्रबार
06-02-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मुमा बडामहारानी शाह अस्पताल भर्ना

Logo
जनचर्चा संवाददाता

काठमाडौँ, २० कार्तिक । पुर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना हुनु भएकाे छ। ९७ बर्षीया मुमा बडामहारानी शाहको स्वास्थ्यमा अचानक समस्या आएपछि सोमबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।

चिकित्सकहरूका अनुसार वहाँको छातीमा संक्रमण देखिए पनि अवस्था सामान्य रहेको छ। बृद्ध शरीर भएकाले अझ स्वास्थ्य नबिग्रियोस् भनेर ‘अब्जरभेसन’का लागि अस्पताल भर्ना गरिएको बताइएको छ।

वँहा नारायणहिटी दरवार परिसरमा उनका श्रीमान पूर्व बडा महाराजा धिराज महेन्द्र विर विक्रम शाहदेवले बनाएको महेन्द्र मञ्जिलमा बस्दै आउनु भएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]

काठमाडौं ,२२ माघ। नेपाली कांग्रेसले केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकेको छ । पार्टी सभापति गगनकुमार थापाले आज उनलाई पार्टीको विधानबमोजिम अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कावा मुख्य सचिवको जिम्मेवारी तोकेका हुन् ।साथै सभापति थापाले कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही माघ ८ गते दिएको राजीनामा स्वीकृत गरेको अर्का सचिव प्रकाश शर्माले […]

माघ २0, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “म र एमाले पराजित भए चुनावको परिणाम अस्वीकार हुन्छ” भनेको दाबीसहित कई भिडियो र फेसबुक पोस्टहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्। पत्रिका नेपाल, यात्रा, टाइम्स अफ नेपाल, टीखबर लगायत फेसबुक पेजहरुबाट यी पोस्टहरु लाखौँ मानिसले हेरेका छन्। तर नेपाल फ्याक्ट चेक र अनलाइनखबरको सहकार्यमा गरिएको […]