०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

अपाङ्गता भएका महिला र किशोरीका सवालसम्बन्धी प्रदेशस्तरीय गोष्ठी सम्पन्न

Logo
आकृति रानी फुयल

कार्तिक २९,  विराटनगर ।  अपाङ्गता भएका महिलाहरुको महासंघ नेपाल (FWDN) ले बुधबार बिराटनगरमा एक दिने प्रदेशस्तरीय कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। “अपाङ्गता भएका महिला तथा किशोरीको सवालहरुको पहिचान गरी विविधताको सम्मान गरौँ” भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो।

अपाङ्गता अधिकार कोषको सहयोगमा आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाहरूको सहभागिता रहेको थियो। आदिवासी जनजाति अपाङ्ग महिला संघ, दलित अपाङ्गता भएका व्यक्तिहरुको संघ, नेत्रहीन महिला संघ लगायत संस्थाहरू सहआयोजक रहेका थिए।

महासंघकी अध्यक्ष निर्मला धितालका अनुसार कार्यक्रममा १३ जिल्लाका ३५ जना सहभागी थिए। उनीहरूमा शारीरिक, बौद्धिक, दृष्टि, सुनाइ तथा बोलाई र मनोसामाजिक अपाङ्गता भएका महिलाहरू सामेल थिए।

राष्ट्रिय बहिरा महासंघ नेपालका महासचिव सिताराम ओझाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पाँच समूहमा विभाजन गरी छलफल गराइएको थियो। अध्यक्ष धितालले सिड महासन्धिको बारेमा जानकारी गराउँदै छायाँ प्रतिवेदन र यसको प्रक्रियाबारे सहजीकरण गरेकी थिइन्।

कार्यक्रमको समापनमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, कोशी प्रदेशकी पूर्व अध्यक्ष तथा अपाङ्गता अभियानकर्मी पार्वता श्रेष्ठले आफ्ना सवालहरू उठाउन सक्नुपर्ने र कमजोरीलाई पन्छ्याएर अघि बढ्नुपर्ने कुरामा जोड दिइन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]