२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा १३ औं राष्ट्रिय कर दिवस विशेष कार्यक्रमसहित सुरु

Logo
जनचर्चा संवाददाता

विराटनगर, मंसिर २। विराटनगरमा १३ औं राष्ट्रिय कर दिवस तथा कर सप्ताह विशेष कार्यक्रमका साथ सुरु भएको छ। “कर प्रणालीको सार, लगानीको आधार” भन्ने मूल नाराका साथ आन्तरिक राजस्व कार्यालय विराटनगरले  शनिबार प्रभातफेरी समेत आयोजना गरिएको थियो।

प्रभातफेरीमा सहभागीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए। जसमा “समृद्ध निर्माणमा सबैको योगदान”, “यथार्थ कर, विकासको भर”, “स्वच्छ कर प्रशासन विकास र सुशासन”, “नलुकाउ आय तिरौं कर” जस्ता नारा रहेका थिए।

कार्यक्रमका प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले राज्यको नीतिगत व्यवस्थाका कारण करको अवस्था चितबुझ्दो नभएको बताए। त्यसैगरी विराट व्यापार संघका अध्यक्ष अंशु बन्जारा, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष दीपक पौडेल, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना र मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साहले देशको आर्थिक अवस्था नाजुक रहेको बताउँदै यसलाई सुधार्न सरकारले विशेष पहल गर्नुपर्ने बताए। त्यस्तै आयाेजककाे तर्फबाट आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख भुपाल शाक्यले कर तिर्नु नागिरककाे जिम्मेवारी भएकाे स्मरण गराएका थिए ।

विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले करदातामैत्री वातावरण निर्माण गर्दै करदातालाई कर तिर्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, साउन २९ । डा. शशांक कोइरालाकाे संयोजकत्वमा  नेपाली कांग्रेसको  राष्ट्रिय भेला आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ। समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन नेता शेरबहादुर देउवाबाट बिहान साढे ११ बजे हुनेछ । साउन ३१ गतेसम्म साे भेला चेल्ने बताइएकाे छ । भेलाका मुख्य अतिथि देउवा लामो समयको उपचारपछि  साउन […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]

विराटनगर, साउन २७ । लायन्स क्लब अफ विराटनगरको आयोजनामा सञ्चालन भइरहेको लायन्स सर्भिस विक अन्तर्गत  विद्यार्थीहरूको वक्तृत्वकला, आत्मविश्वास तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले एक्सटेम्पोर स्पिच प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न १२ वटा विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्ण सहभागिता जनाएका थिए। प्रतियोगितामा विद्यार्थीहरूले तत्काल विषयवस्तु प्राप्त गरी आफ्नो विचार प्रस्तुत गर्दै वक्तृत्वकला, तार्किक क्षमता, आत्मविश्वास तथा […]