२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

नेपाल पत्रकार महासंघ मोरङको अध्यक्षमा तीन जनाको उम्मेद्वारी, पाठक, कट्टेल र बस्नेत भिड्दै

Logo
जनचर्चा संवाददाता

विराटनगर, म‌सिर २७ । नेपाल पत्रकार महासंघ मोरङको नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि तीन जनाको उम्मेद्वारी परेको छ । जसमा प्रेस चौतारी, प्रेस युनियन र संघीय प्रेस मञ्चको तर्फबाट सुशीला पाठक, प्रेस सेन्टर, समाजवादी प्रेस संगठनको तर्फबाट नवराज कट्टेल र प्रेस युनियनको विद्रोही टिमको तर्फबाट भोजराज बस्नेतले उम्मेद्वारी दिएका हुन् । मंसिर २८ गते हुने निर्वाचनका लागि बुधबार मनोनयन भएको हो ।

यस्तै खुल्ला उपाध्यक्षमा उत्तम पोखरेल, प्रशान्त निरौला, सन्तोष सिग्देल र सरोज बस्नेत, उपाध्यक्ष महिलामा बिनु तिम्सिना, तारा आचार्य र रञ्जिता पोखरेल, सचिवमा अनिल श्रेष्ठ र नेत्र पि अधिकारी, सहसचिव खुलामा प्रेम देवान (लुङ्गा), तेजन खड्का, रेवतीरमण निरौला, सुरेश अधिकारी, सोनुकुमार दास र हरिहर नेपाल छन् । समावेशी सहसचिवमा भने नवीनचन्द्र कर्ण र श्याम सुन्दर सुतिहारको उम्मेद्वारी पर्दा कोषाध्यक्षमा कौशल निरौला र पदम कुमार सरदार (बाँतर)को उम्मेद्वार परेको छ ।
यस्तै महिला सदस्यमा उषाकुमारी सरदार र नम्रता न्यौपाने, दलित सदस्यमा तिलक नेपाली र पुजन दास, आदिवासी जनजाति सदस्यमा लीलानाथ गच्छदार र विद्यानन्द चौधरी, मधेशी सदस्यमा रामप्रेम यादव र सुनिल यादव, अन्य समावेशी सदस्यमा डुमरलाल मेहता र बाबुराम मुडियारी रहेका छन् ।

खुल्ला ६ सदस्यका लागि भने अनुज सापकोटा, इश्वर दुलाल, कुमार खड्का, देवराज तामाङ, पवन विक्रम साह, बाबुराम निरौला, माधवप्रसाद काफ्ले, मुकेशकुमार यादव, मोहनप्रसाद ढकाल, राजेशकुमार राजवंशी, रोशन पोखरेल र सन्तोष मेहता रहेका छन् ।

पाँच जना केन्द्रीय परिषद सदस्यका लागि अर्जुन जम्नेली राई, गोकुल पराजुली, चिना थापा, तेजेन्द्रबहादुर भण्डारी, विक्रम लुइँटेल, विजयकुमार पाठक, शङ्कर लुइँटेल, सुभाष कार्की र रुपेन्द्र शेर्मा रहेका छन् । यस्तै १३ जना प्रदेश परिषद सदस्यका लागि अर्जुनकुमार आचार्य, केशरबहादुर चौहान, गोपाल पोखरेल, चुमनकुमार बस्नेत, जीतेन्द्र नारायण ठाकुर, ज्योती चौहान, दिनेशकुमार पोखरेल, पुष्पराज थपलिया, भूमिका पाख्रिन, भोजराज घिमिरे, मनोजकुमार मेहता, विनोद सुवेदी, बेदराज पौडेल, सन्तोष गौतम र सुमन घिमिरे रहेका छन् ।

उक्त उम्मेद्वारीबारे दाबी विरोधका लागि बिहीबार बिहान ८ बजेसम्मका लागि समय दिइएको छ । यस्तै उम्मेद्वारी फिर्ताको समय बिहीबार बिहान ८ः३० बजेसम्म र अन्तिम नामावली प्रकाशन बिहीबार बिहान १० बजेसम्मको समय राखिएको छ । मतदानका लागि शुक्रबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्मको समय तोकिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]