०८ कार्तिक २०८२, शुक्रबार
24-10-2025 , Fri
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

इटहरी उपमहानगरपालिका अगाडि भेटिएको कुकर बम सेनाद्वारा निष्क्रिय

Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, पुष १६, २०८१

विराटनगर, पुष १६ । इटहरी उपमहानगरपालिका कार्यालय अगाडि आज बिहान फेला परेको कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ। कार्यालय अगाडिको घुम्ती पसल नजिक कालो झोलाभित्र प्लास्टिकको झोलामा राखिएको कुकर बमबारे अज्ञात समूहले प्रहरीलाई खबर गरेका थिए।

बम निष्क्रिय पार्न नेपाली सेनाको विशेष टोली, तालिम प्राप्त कुकुर र नेपाल प्रहरी परिचालित भएका थिए। सोही समूहले आफूलाई राजावादी भन्दै भोटेपुल, बुढी खोला लगायत विभिन्न स्थानमा पनि बम राखेको जानकारी सुनसरी प्रहरी कन्ट्रोल रुमलाई गराएको थियो। अन्य स्थानमा पनि नेपाली सेनाको टोली बम निष्क्रिय पार्न खटिएको सुनसरी प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]