०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

धर्म-संस्कृतिको जर्गेनामा सबै लाग्नुपर्छ : मेयर कोइराला

Logo
जनचर्चा संवाददाता

विराटनगर,१८ पुस । / विराटनगर–३ स्थित विराट धर्मशाला संग्रहालय एवं पुस्तकालयले जेहेन्दार विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । पुस्तकालयका संस्थापक अध्यक्ष लेखनाथ चापागाईंको स्मृति दिवसको अवसर पारेर नन्दकुमारी चापागाईं छात्रवृत्ति प्रदान गरिएको हो ।

बिहीबार आयोजित कार्यक्रममा आदर्श माविकी आयुष्मा झा र प्रन्जिलाकुमारी चौधरीलाई पुस्तकालयले छात्रवृत्ति प्रदान गरेको थियो । कक्षा ८ को परीक्षामा झा र कक्षा ९ को परीक्षामा चौधरीले उत्कृट अंक ल्याएर उत्तीर्ण भएका थिए । पढाइमा अब्बल भएका कारण यस वर्षको छात्रवृत्ति प्रदान गरिएको पुस्तकालयका अध्यक्ष ओमकार चापागाईले जानकारी दिए । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, आयोजक संस्थाका अध्यक्ष ओमकार चापागाईंले माला लगाएर सम्मानपत्र र जनही ५–५ हजार नगद प्रदान गरे ।

पुस्तकालयले संस्थापक अध्यक्षको स्मृति दिवस पारेर हरेक वर्ष सामुदायिक विद्यालयका उत्कृष्ट छात्राहरुलाई नन्दकुमारी चापागाईं छात्रवृत्ति प्रदान गर्दै आएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले धर्म र संस्कृतिको जर्गेनामा सबै लाग्नुपर्नेमा जोड दिए । उनले प्रविधिको बढ्दो प्रयोगसँगै पठन संस्कृतिमा कमी आएको बताए । मेयर कोइरालाले पुस्तकलाई प्रविधिसँग जोड्नु आवश्यक रहेको औंल्याए । उद्योग वाणिज्य महासंघ प्रदेश अध्यक्ष राजेन्द्र राउतले पुस्तकालयलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

सो अवसरमा नेपाली कांग्रेस नगर सभापति दीपक चापागाईं, षडानन्द प्रतिष्ठानका अध्यक्ष कोमलकृष्ण अधिकारी, साहित्यकार सरला चापागाईं, समाजसेवी इन्दिरा रिजाल, आयोजक संस्थाका उपाध्यक्ष रमेश चापागाईं, सचिव माधव अत्री, समाजसेवी भवानीप्रसाद निरौलालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]