०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

एक वर्षमै एमडीआरटी बन्न सफल सिटिजन लाइफका धामी

Logo
निरज बस्नेत

काठमाडाै‌ं, पुष २४ । सिटिजन लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर अमरलाल धामीले आफ्नो कार्यकुशलता र प्रतिबद्धताको माध्यमबाट संस्थाको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्‍याएका छन्। स्नातक तहसम्मको शिक्षा हासिल गरेका धामीले कम्पनीमा आबद्ध भएको एक वर्षमै एमडीआरटीको उपलब्धि हासिल गरेका छन्। उनले बीमा क्षेत्रका चुनौती र अवसरहरूलाई व्यवहारिक रूपमा सम्बोधन गर्दै आएका छन्।

बीमा क्षेत्रका विभिन्न चुनौतीहरू र अवसरहरूलाई धामीले सधैं व्यवहारिक रूपमा सामना गरेका छन्। उनले बीमा कम्पनीको सुरक्षा, बचत र आर्थिक मेरुदण्डको जोखिमलाई केवल भाषणमा मात्र सीमित नराखी व्यवहारमा उतार्न सफल भएका छन्। यसको प्रमाण उनको दैनिक कार्यशैलीले नै पुष्टि गर्छ।

धामीका अनुसार संस्थाको सकारात्मक कार्य संस्कृति र कर्मचारीहरूको मैत्रीपूर्ण व्यवहारले उनलाई थप प्रेरणा मिलेको छ। उनी बीमा व्यवसायका साथै सामाजिक कार्यमा पनि सक्रिय छन्। आफ्नो सरल स्वभावका कारण उनी सबैको दुःख-सुखमा साथ दिन तत्पर रहन्छन्। धामीले सबैसँग सहकार्य गरी अघि बढ्न चाहेको बताएका छन्।

साधारण किसान परिवारबाट आएका धामी आज सिटिजन लाइफ इन्स्योरेन्समा एक सफल बीमा व्यवसायीका रूपमा स्थापित भएका छन्। उनको मेहनत र लगनशीलताले आज संस्थामा विशिष्ट स्थान बनाएको छ। धामीको कार्यशैली र सफलताले बीमा क्षेत्रमा करियर बनाउन चाहनेहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]