२५ माघ २०८२, शनिबार
07-02-2026 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराट गोल्डकपको आठौं संस्करणमा २२ लाख बढी घाटा

Logo
जनचर्चा संवाददाता

विराटनगर,२९ पुस /  प्रतियोगिता भएको नौ महिनापछि विराट गोल्डकपले हिसाबकिताब सार्वजनिक गरिएको छ । विराटनगरको प्रतिष्ठा एवं इज्जतसँग जोडिएको विराट गोल्डकप फुटबल प्रतियोगिता लगातार घाटामा गइरहेको हो ।

लगातार दुईवटा प्रतियोगिता नोक्सानमा गएको हो । गोल्डकपको सातौं र आठौं संस्करणले ठूलो नोक्सानी बेहोर्नु परेको छ । विराटनगरमा ९ महिनाअघि सम्पन्न भएको ऐतिहासिक विराट गोल्डकपको आठौं संस्करणमा २२ लाख बढी घाटा भएको विवरण आइतबार सार्वजनिक गरिएको छ ।

आठौं संस्करण २०८० चैत १५ गते सुरू भएर २४ गते सम्पन्न भएको थियो । प्रतियोगिता सम्पन्न भएको नौ महिनापछि सार्वजनिक आयव्यय विवरण अनुसार गोल्डकपबाट २२ लाख ६२ हजार ८ सय ८ रूपैयाँ नोक्सानी भएको छ ।

आयोजक विराट गोल्डकप फुटबल ट्रष्टले विराटनगरमा पत्रकार सम्मेलन गरेर गोल्डकपमा ८२ लाख ६० हजार ८ सय ३५ रूपैयाँ आम्दानी भएको र एक करोड पाँच लाख २३ हजार ६ सय ४३ रूपैयाँ खर्च भएको जानकारी दिएको हो ।

ट्रष्टका अनुसार कोशी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले असहयोग गरेकाकारण गोल्डकप घाटामा गएको दाबी गरेको छ । प्रदेश सरकार र राखेपले कबोल गरेको रकम उपलब्ध नगराउँदा गोल्डकपले नोक्सान बेहोरेको ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले बताए ।

उनले भने, ‘गोल्डकप गराउँदाको समयमा तत्कालीन मुख्यमन्त्री केदार कार्कीले २५ लाख रुपैयाँ बजेट राखिदिनुभएको थियो । तर, उहाँ सरकारबाट बाहिरिएपछि नयाँ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि रकम उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको थियो । तर, प्रदेश सरकारले रकम उपलब्ध गराएन । खेलकुदलाई पूरै बेवास्ता गर्यो ।’

शाहीले प्रदेश सरकारबाट २५ लाख र राखेपबाट पाँच लाख रुपैयाँ उपलब्ध गराउने आश्वासनपछि गोल्डकप सम्पन्न गरिएको बताए ।

‘सरकारले २५ लाख मात्रै दिएको भए गोल्डकप नाफामा जाने थियो । यस विषयमा हामीले प्रदेश खेलकुद विकास बोर्ड र सामाजिक विकास मन्त्रालयलगायत सबैतिर पटकपटक भन्यौं । तर, कतैबाट सहजीकरण भएन,’ उनी भन्छन्, ‘सरकारले इटहरी गोल्डकप, झापा गोल्डकप र धरानमा हुने बुढासुब्बा गोल्डकपलाई समेत रकम दिएन । यसले पनि सरकार खेलकुदप्रति जिम्मेवारी छैन भन्ने प्रष्ट हुन्छ । अझैसम्म खेलकुद सरकारकै बेवास्ताको सिकार भइरहेको छ ।’

ट्रष्टका महासचिव विनेश बस्नेत सरकार र खेलकुद निकायकै कारण गोल्डकपमा ठूलो नोक्सानी बेहोर्नु परेको बताउँछन् । कबोल गरेको रकम उपलब्ध नहुँदा बजारमा समेत बाँकी रकम तिर्न समस्या भइरहेको उनको भनाइ छ ।

गोल्डकपमा विभिन्न प्रायोजकबाट ३५ लाख ९५ हजार, टिकट बिक्रीबाट ३५ लाख २० हजार र विराटनगर महानगरपालिकाबाट ११ लाख ४५ हजार रुपैयाँ आम्दानी भएको उनले बताए । उनका अनुसार गोल्डकपमा पुरस्कार, मेडल तथा ट्रफीतर्फ २० लाख ८७ हजार, क्लबको यातायात खर्चमा १३ लाख, फ्लेक्स बोर्डतर्फ १२ लाख ८५ हजार रुपैयाँ खर्च भएको छ ।

विगतमा ट्रष्टको कार्यसमितिले संयोजक राखेर प्रतियोगिता गर्दै आएको थियो । तर, आठौं संस्करण भने ट्रष्ट आफैंले आयोजना गरेको हो । प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्न भएपनि घाटा बेहोर्नु परेको ट्रष्टका कोषाध्यक्ष अनुज बानियाँले बताए ।

प्रतियोगितामा ३ विदेशीसहित १० वटा टिमको सहभागिता रहेको थियो । जसमा भारतको २ र भुटानको १ वटा तथा नेपालबाट विभागीयसहित ७ टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको थियो ।

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार नगद पुरस्कार पाएका थिए । त्योबाहेक उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई २१ हजार रूपैयाँका दरले दिइएको कोषाध्यक्ष बानियाँले बताए ।

उनका अनुसार दैनिक उत्कृष्ट हुने खेलाडीलाई ११ हजार रूपैयाँका दरले र सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार प्रदान गरिएको थियो ।

आर्थिक मन्दीका कारण औद्योगिक एवं व्यापारिक क्षेत्र समस्यामा परेकाले स्रोत जुटाउन समस्या भएको बानिया बताउँछन् ।

‘आर्थिक मन्दीको असर सबै क्षेत्रमा परेका कारण सहयोग जुटाउन कठिन भयो । तर, विराट गोल्डकपको पहिचानलाई जोगाइराख्न प्रतियोगिता संचालन गर्नैपर्ने बाध्यता थियो । त्यहाँमाथि सरकार र राखेपबाट सहयोग भएन । विभिन्न चुनौतीको सामना गर्दै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरियो,’ उनले भने ।

गोल्डकपको सातौं संस्करणसमेत नोक्सानमा गएको थियो । त्यतिबेला ८७ लाख रूपैयाँ बराबर घाटा भएको हो । लगातार घाटा बेहोर्ने अवस्था सिर्जना हुनु विराट गोल्डकपका लागि चिन्ताको विषय भएको ट्रष्टले जनाएको छ ।

लगातारको घाटासँग जोडेर गोल्डकपको भविष्यका बारेमा अनेक टिप्पणी एवं चर्चासमेत भइरहेका छन् । अध्यक्ष शाहीका अनुसार ट्रष्टले गोल्डकपको नवौं संस्करण आयोजनाका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)बाट आगामी फागुन २१ गतेको समय पाएको छ ।

खेलकुदलाई साथ दिनुपर्ने र सहयोग गर्नुपर्ने निकायबाटै बेवास्ता भइरहेकाले एन्फाबाट पाएको समयमा गोल्डकपलाई कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल सुरू भएकोसमेत उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]

काठमाडौं ,२२ माघ। नेपाली कांग्रेसले केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकेको छ । पार्टी सभापति गगनकुमार थापाले आज उनलाई पार्टीको विधानबमोजिम अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कावा मुख्य सचिवको जिम्मेवारी तोकेका हुन् ।साथै सभापति थापाले कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही माघ ८ गते दिएको राजीनामा स्वीकृत गरेको अर्का सचिव प्रकाश शर्माले […]

माघ २0, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “म र एमाले पराजित भए चुनावको परिणाम अस्वीकार हुन्छ” भनेको दाबीसहित कई भिडियो र फेसबुक पोस्टहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्। पत्रिका नेपाल, यात्रा, टाइम्स अफ नेपाल, टीखबर लगायत फेसबुक पेजहरुबाट यी पोस्टहरु लाखौँ मानिसले हेरेका छन्। तर नेपाल फ्याक्ट चेक र अनलाइनखबरको सहकार्यमा गरिएको […]