२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

समानता परीक्षणमा विराटनगर महानगरपालिकाको नतिजा उत्कृष्ट

Logo
जनचर्चा संवाददाता

विराटनगर, माघ १/ विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ को लैङ्गिक समानता एवं सामाजिक समावेशीकरण (लैससास) परीक्षणमा ७८ अंकसहित उत्कृष्ट नतिजा कायम राखेको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरीसहित कार्यपालिका सदस्य र विभिन्न महाशाखा र शाखा प्रमुखहरुको उपस्थितिमा लैससासको अन्तिम प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

लैससास परीक्षण दिगदर्शन २०७८ अनुसार, एक सयवटा सूचकहरुको तोकिएको आधारमा स्व–मूल्यांकन गर्दा राम्रो अवस्थालाई १ अंक, मध्यम अवस्थालाई ०.५ अंक र अति कमजोर अवस्थालाई ० अंक दिइएको छ । पछिल्लो ४ वर्षको नतिजालाई केलाउँदा, विराटनगर महानगरको लैससास प्रतिफल क्रमशः सुधार हुँदै गएको पाइएको छ । आ. व. २०७७-०७८ मा प्राप्तांक ५४ थियो भने, आव २०७८-०७९ मा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणका गर्दा एक सयवटा सूचकमा ७०.५ अंक प्राप्त भएको थियो । त्यसैगरी आ. व. २०७९ -०८० मा एक सय सूचकहरुमा कुल ७४.५ अंक प्राप्त भएकोमा आ.व. २०८०-०८१ मा सो प्राप्तांक ७८ पुगेको हो ।

मूल्यांकनको क्रममा सञ्चालित २ वटा कार्यशालाबाट लैससास एउटा बहु–सरोकारको विषय मात्र होइन अन्तरशाखा र सरोकारको विषयमा समेत महानगरको बुझाइ साझा भएको अनुभव लैससास परीक्षणमा खटिएका स्वतन्त्र विज्ञ सहजकर्ता एवं महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका समाजशास्त्र विभागका प्रमुख, उप–प्राध्यापक डा. चन्द्र उपाध्याय तिम्सिनाको निष्कर्ष रहेको छ । डा. तिम्सिनाका अनुसार स्थानीय तहमा वर्षभरि गरिएका कामको अभिलेख एवं प्रमाणिक आधारले परीक्षण कार्यलाई अर्थपूर्ण बनाउँछ । यद्यपि लैंगिक समानता एवं सामाजिक समावेशीकरणसम्बन्धी यथार्थपरक एवं खण्डीकृत तथ्यांकको व्यवस्थापन आवश्यक हुन्छ र लैससास परीक्षणमा गणना गरिने केही सूचकको स्थानीयकरण गर्नु आवश्यक देखिएको विषय विज्ञ तिम्सिनाको बुझाइ छ ।
महानगर मेयर नागेश कोइरालाले प्राप्त नतिजा सुखद भएको बताउनुभयो । ‘यद्यपि सर्वोत्तम स्थान प्राप्त गर्न हामी कहाँ चुकेका रहेछौं, त्यसलाई अगाडि बढाउन पहल गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘लैससास परीक्षण कार्यशालामा उठेका सवालहरुलाई सम्बोधन गर्दै महानगरलाई कसरी उत्कृष्ट बनाउन सकिन्छ त्यसका लागि सबैले पहल र प्रयास गर्नुपर्छ ।’

लैससास परीक्षण कार्यदलको संयोजकसमेत रहनुभएकी उपमेयर कार्कीले लैससास परीक्षण कार्यशालामा निकै गहन छलफल भएको बताउनुभयो । ‘लैंगिक समानता तथा सामाजिक समावेशीकरणको क्षेत्रमा हामी हिजो कुन अवस्थामा थियौं र आज कहाँ पुगेका छौं भन्ने थाहा भयो,’ उपमेयर कार्कीले भन्नुभयो, ‘प्रायः प्रमाणहरु जुटाउने प्रयास भए । हामीले लैससाससम्बन्धी कार्यक्रमहरुको निरन्तर अनुगमन र मूल्यांकन गर्दै सम्पन्न गरिएका सबै कार्यक्रमहरुको प्रमाणहरु सुरक्षित राख्नुपर्छ । यसका लागि अन्तर महाशाखा समन्वय अझै व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेसमेत देखिएको छ । आगामी दिनमा थप जिम्मेवार बन्दै सबै शाखा–महाशाखाले लैससासअनुरुप कामहरु गर्दै जानेछौं ।’ लैससास परीक्षणको सम्पूर्ण पक्रियामा सक्रिय सहभागितासहित लैससास परीक्षणका प्रत्येक सूचकमा आफूले चासो राखेको उहाँले बताउनुभयो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलका अनुसार विगतका वर्षहरुको तुलनामा आ व २०८०-८१ लैससास को क्षेत्रमा विराटनगर महानगरपालिकाको थप प्रगति देखिएको छ । ‘लैससासको क्षेत्रमा एक सय प्रतिशत अंक प्राप्त गर्न हामीले सोहीअनुरुप काम गर्नका लागि जोड दिनुपर्छ, सबै यसमा लागिपरेर योजना तथा बजेट निर्माण गरी कार्यान्वयन गर्नुपर्छ,’ ढुंगेलले भन्नुभयो, ‘कार्यशाला सहभागितामूलक रहेको र सबै सहभागी भएर विराटनगर महानगरपालिकाले कसरी काम गरिरहेको रहेछ र हामी कुन अवस्थामा रहेछौं भन्ने कुराको पूर्ण ज्ञान भएकाले स्वतन्त्र विज्ञको विश्लेषणले औंल्याएका कमीकमजोरीहरुलाई क्रमश सुधार गर्दै लानुपर्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]