१९ भाद्र २०८२, बिहिबार
04-09-2025 , Thu
Gold Silver Price (13 Bhadra 2082, Friday)
Fine Gold 1 Tola NRs. 201100
Silver 1 Tola Nrs. 2375

भारतकाे इलाहावादमा कुम्भमेला शुरु

Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, माघ ०१, २०८१

विराटनगर,१ माघ । भारत उत्तर प्रदेशको प्रयागराज (इलाहावाद) स्थित त्रिवेणी संगममा सोमबारदेखि महाकुम्भ मेला सुरु भएको छ। प्रत्येक १२ वर्षपछि लाग्ने कुम्भ मेला प्रयागराजमा सुरू भएको हो।

त्रिवेणी संगममा स्नानका लागि लाखौँको संख्यामा श्रद्धालु पुगिरहेका छन्। कुम्भ मेलालाई आस्थाको संगमका साथै उत्तर प्रदेश सरकारको प्रशासनिक क्षमताको परीक्षाका रूपमा लिइएको छ।

कुम्भ मेला महाशिवरात्रीका दिन समापन हुनेछ। यसपालि कुम्भ मेलामा ४० करोड श्रद्धालु सहभागी हुने उत्तर प्रदेश सरकारले दाबी गरेको छ।

कुम्भ मेलाका कारण संगमस्थल र सम्पूर्ण प्रयागराज यतिबेला श्रद्धालु, सुरक्षाकर्मी र सफाइकर्मीले भरिभराउ छ। सुरक्षालाई मध्यनजर गरी ठाउँठाउँमा सुरक्षा चेकिङ, ड्रोन, बम निरोधक दस्ताका साथै राष्ट्रिय सुरक्षा गार्ड (एनसजी) परिचालन गरिएको छ।

समुद्रमन्थनको पौराणिक कथा

भागवत पुराणका अनुसार देवता र राक्षसहरूले मिलेर समुद्रमन्थन गर्दा धेरै चिज प्राप्त भए। अन्त्यमा अमृतको कुम्भ (कलश) निस्कियो, जसलाई देवताहरूले चलाखीपूर्वक आफ्नो कब्जामा लिए। राक्षसहरूले  भगवान् विष्णुको वाहन गरुड अमृतको कुम्भ लिएर भागेको चाल पाएपछि विवाद बढ्यो। भागदौड भयो। घडा तानातान भयो। यस क्रममा अमृतको घडाबाट चार थोपा पृथ्वीका चार स्थानमा खसे- प्रयागराज (इलाहाबाद), हरिद्वार, उज्जैन र नासिक। यी चारै स्थानमा कुम्भ मेला आयोजना गरिन्छ। यस्तो मेला प्रत्येक १२ वर्षमा सूर्य, चन्द्रमा र बृहस्पतिका विशेष ज्योतिषीय स्थितिहरूसँग मेलाएर मनाइन्छ।
प्रयागराजको विशेष महत्त्व त्यहाँका तीन पवित्र नदीहरूको संगमका कारण छ- गंगा, यमुना र पौराणिक सरस्वती। यसलाई त्रिवेणी संगम भनिन्छ। हिन्दु धार्मिक मान्यताअनुसार यो स्थान आध्यात्मिक शक्तिकेन्द्र हो। यस कथा र स्थानको आध्यात्मिक महत्त्वकै कारण कुम्भ मेलाले धार्मिकता, परम्परा र आस्थाको अनुपम संगमलाई उजागर गर्दछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, २०८२ भदौ १८ त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगर एकाइ सभापतिमा नवीन अधिकारी चयन भएका छन् । ११ सदस्यीय समितिको उपसभापतिमा डा उपेन्द्र मेहता, सचिव ई जयनाथ यादव, सहसचिव डा राजेन्द्रप्रसाद चौधरी, कोषाध्यक्षमा डा युवराज साहू छन् । सदस्यहरूमा बाबुराम बुढाथोकी, डा तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव […]

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

विराटनगर,१७ भदौ । सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ । पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो । बेलुका १० बजे गरिएको जल सतह मापन अनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख ७३ […]