२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

चौधरी ग्रुपको सहकार्यमा विराटनगरकाे हाजी स्टोरले ल्यायो मोटोरोला

Logo
जनचर्चा संवाददाता प्रकाशित शुक्रबार, माघ ०४, २०८१

विराटनगर, माघ ४  । बिराटनगरको प्रतिष्ठित इलेक्ट्रोनिक सामान बिक्रेता हाजी स्टोरले मोटोरोला स्मार्टफोन बिराटनगरमा औपचारिक रूपमा लन्च गरेको छ। पत्रकार सम्मेलनमा हाजी स्टोरका संचालक खुर्सिद आलमले चौधरी ग्रुपको सहकार्यमा नेपालमा मोटोरोला ब्राण्ड भित्र्याइएको र बिराटनगरको लागि आफ्नो स्टोर आधिकारिक डिस्ट्रीब्युटर रहेको जानकारी दिए।

लन्च कार्यक्रममा तीन फरक मोडलका स्मार्टफोन सार्वजनिक गरिएको छ। G45 सिरिजको मोबाइल रु. २४,९९९ मा उपलब्ध छ, जसमा ५० मेगापिक्सलको मुख्य क्यामेरा, १६ मेगापिक्सलको सेल्फी क्यामेरा र ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ। G64 सिरिजको मूल्य रु. ३०,९९९ तोकिएको छ, यसमा ५० मेगापिक्सलको मुख्य क्यामेरा, १६ मेगापिक्सलको सेल्फी क्यामेरा र ६००० एमएएच क्षमताको ब्याट्री समावेश छ।

प्रिमियम मोडल G85 सिरिजमा कर्भ डिस्प्ले जडित छ, जसको १२/२५६ भेरिएन्टको मूल्य रु. ३७,४९९ र ८/२५६ भेरिएन्टको मूल्य रु. ३४,४९९ तोकिएको छ। यस मोडलमा ५० मेगापिक्सलको मुख्य क्यामेरा, ३२ मेगापिक्सलको फ्रन्ट क्यामेरा र ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ।

हाजी स्टोरका अर्का संचालक जमसेद कमरले केही समयपछि सरल किस्ताबन्दीमा पनि मोबाइल उपलब्ध गराइने योजना रहेको बताए। ७४ वर्षदेखि बिराटनगर र आसपासका क्षेत्रमा गुणस्तरीय इलेक्ट्रोनिक सामान बिक्री गर्दै आएको हाजी स्टोर ग्राहकको विश्वासको केन्द्र बनेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]