०२ भाद्र २०८३, मंगलबार
18-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

चौधरी ग्रुपको सहकार्यमा विराटनगरकाे हाजी स्टोरले ल्यायो मोटोरोला

Logo
जनचर्चा संवाददाता

विराटनगर, माघ ४  । बिराटनगरको प्रतिष्ठित इलेक्ट्रोनिक सामान बिक्रेता हाजी स्टोरले मोटोरोला स्मार्टफोन बिराटनगरमा औपचारिक रूपमा लन्च गरेको छ। पत्रकार सम्मेलनमा हाजी स्टोरका संचालक खुर्सिद आलमले चौधरी ग्रुपको सहकार्यमा नेपालमा मोटोरोला ब्राण्ड भित्र्याइएको र बिराटनगरको लागि आफ्नो स्टोर आधिकारिक डिस्ट्रीब्युटर रहेको जानकारी दिए।

लन्च कार्यक्रममा तीन फरक मोडलका स्मार्टफोन सार्वजनिक गरिएको छ। G45 सिरिजको मोबाइल रु. २४,९९९ मा उपलब्ध छ, जसमा ५० मेगापिक्सलको मुख्य क्यामेरा, १६ मेगापिक्सलको सेल्फी क्यामेरा र ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ। G64 सिरिजको मूल्य रु. ३०,९९९ तोकिएको छ, यसमा ५० मेगापिक्सलको मुख्य क्यामेरा, १६ मेगापिक्सलको सेल्फी क्यामेरा र ६००० एमएएच क्षमताको ब्याट्री समावेश छ।

प्रिमियम मोडल G85 सिरिजमा कर्भ डिस्प्ले जडित छ, जसको १२/२५६ भेरिएन्टको मूल्य रु. ३७,४९९ र ८/२५६ भेरिएन्टको मूल्य रु. ३४,४९९ तोकिएको छ। यस मोडलमा ५० मेगापिक्सलको मुख्य क्यामेरा, ३२ मेगापिक्सलको फ्रन्ट क्यामेरा र ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ।

हाजी स्टोरका अर्का संचालक जमसेद कमरले केही समयपछि सरल किस्ताबन्दीमा पनि मोबाइल उपलब्ध गराइने योजना रहेको बताए। ७४ वर्षदेखि बिराटनगर र आसपासका क्षेत्रमा गुणस्तरीय इलेक्ट्रोनिक सामान बिक्री गर्दै आएको हाजी स्टोर ग्राहकको विश्वासको केन्द्र बनेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भदाै १, विराटनगर । गोल फाउण्डेनले पाइलट प्रोजेक्टका रूपमा मानव पुस्तकालयको कार्यक्रम सम्पन्न गरी अब निरन्तर अघि लैजाने याेजना बनाएकाे छ । युवा दिवसको अवसर पारेर गत बुधबार विराटनगरस्थित इलिट क्लबमा  ‘चिया सँग कथा : एक मानव पुस्तकालय अनुभव’ पाइलट कार्यक्रम फाउण्डेशनले आयाेजना गरेकाे थियाे ।  गोल फाउण्डेनले एनवाईसीए विराटनगर र इन्जीनियर्स विथआउट बाेडर्स नेपाल […]

काठमाडाै, साउन २९ । डा. शशांक कोइरालाकाे संयोजकत्वमा  नेपाली कांग्रेसको  राष्ट्रिय भेला आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ। समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन नेता शेरबहादुर देउवाबाट बिहान साढे ११ बजे हुनेछ । साउन ३१ गतेसम्म साे भेला चेल्ने बताइएकाे छ । भेलाका मुख्य अतिथि देउवा लामो समयको उपचारपछि  साउन […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]