०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

लायन्स क्लब अन्तर्राष्ट्रियको सहयोगमा दमकमा सुबिधा सम्पन्न आइसियु निर्माण हुने

Logo
सुभास भण्डारी प्रकाशित मंगलबार, माघ ०८, २०८१

दमक,माघ ८।  लायन्स क्लब अन्तर्राष्ट्रिय डीस्ट्रीक्ट ३२५ सी को बिशेष अग्रसरता र दमकमा रहेका स्थानीय लायन्स क्लब तथा दमक नगरपालिकाको सहभागितामा दमक स्थित दमक अस्पतालमा सुबिधासम्पन्न आइसियु निर्माण हुनेभएको छ । लयान्स डिस्ट्रीक्ट ३२५ सी का गभर्नर विकास अधिकारीका अनुसार लायन्स क्लब फाउन्डेसनले दमकका स्थानीय लायन्स क्लब तथा दमक नगरपालिका समेतको सहभागितामा निर्माण हुने आइसियु का लागि बजेट छुट्यादिएको हो ।

अधिकारीका अनुसार फाउन्डेसनले संसार भरी नै आवश्यकताका आधारमा बिभिन्न सेवका कार्यका लागि सहयोग गर्ने गर्दछ । सोहि आधारमा ३२५ सी को माग बमोजिम सहयोग गर्न फाउन्डेसन तयार भएको हो । दमकमा सरकारी अस्पताल भए पनि सुबिधा सम्पन्न आइसियुका अभावमा बिरामीलाई बिराटनगर धरान तथा भद्रपुर सम्म रिफर गर्नुपर्ने अवस्था रहेको थियो । तर लायन्सले सुबिधा सम्पन्न आइसियु निर्माण गरिदिने भए पछि सो अप्ठ्यारो अवस्थाको अन्त्य हुने बिश्वास लिइएको छ ।

भवन निर्माणका लागि लागि करिब साढे दुई करोड लाग्नेमा लायन्स फाउन्डेसनले १.५ लाख डलर ( नेपाली रुपैयाँ दुई करोड ) र स्थानीय क्लब तथा नगरपालिकाले म्याचिङ फण्डका रुपमा ५० लाख जुटाउने छन । गभर्नर अधिकारीका अनुसार सबै प्रक्रिया अन्तिम चरणमा पुगेको र चाडै नै शिलान्यास गरि आइसियु निर्माणलाई तिब्रता दिइने छ भने बैशाख सम्म सम्पुर्ण निर्माण पूरा गरि अस्पताललाई हस्तान्तरण गरिने छ । लायन्स ले पुनःनिर्माण ,बाढी पहिरो भुकम्पमा परि पिडामा रहेका जनताको सेवा , शिक्षा स्वास्थ तथा सेवाका अन्य कार्यमा समेत सहयोग गर्दै आएको छ । केही समय अघि कोशी प्रदेशमा आएको बाढीका कारण सम्स्यामा परेका जनतालाई लायन्स फाउन्डेसनको सहयोगमा झापा ,मोरङ, सुन्सरी ,पाचथर लगायतका क्षेत्रमा २० लाख भन्दा बढिको खाधान्न , लत्ताकपडा , भाडाकुडा लगायतका सामाग्री प्रदान गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]