२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

दोभाषी व्यवस्थापनमा आर्थिक संकट: ७० लाखको माग

Logo
जनचर्चा संवाददाता

विराटनगर, १० माघ | कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले अपाङ्गता तथा बहिरा व्यक्तिहरूको हकअधिकार संरक्षणमा पूर्ण प्रतिबद्धता व्यक्त गरेका छन्।

बुधबार सुरु भएको तीनदिने गोष्ठीमा साङ्केतिक भाषाका लागि नयाँ शब्द संकलन र निर्माणमा जोड दिइएको छ। वर्तमानमा बहिरा समुदायका लागि केवल ४ हजार शब्द उपलब्ध छन्, जबकि सबै विषयवस्तुमा संवाद गर्न ७ हजार शब्दको आवश्यकता रहेको छ।

नेपाल बहिरा महासंघका कोशी प्रदेश समितिका अध्यक्ष सीताराम ओझाले १५ जना दोभाषेको आवश्यकता रहेको र वार्षिक ७० लाख रुपैयाँ लाग्ने बताए। तर सरकारले ५० लाख रुपैयाँ मात्र विनियोजन गरेको छ।

कार्यक्रममा बहिरा शिक्षक संघ, राष्ट्रिय बहिरा क्रिकेट संघ, पत्रकार महासंघ लगायतका संघ संस्थाका प्रतिनिधिहरू सहभागी भए। गोष्ठी शुक्रबारसम्म चल्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]