१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

हिसान खेलसप्ताह : पुरुष फुटबलमा मोडर्न एरा, सगरमाथा र होलीचाइल्ड विजयी

Logo
जनचर्चा संवाददाता

विराटनगर,१० माघ । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा मोडर्न एरा, सगरमाथा र होलीचाइल्ड विजयी भएका छन् ।

बुधबार भएको पहिलो खेलमा मोडर्न एरा स्कुलले ग्रिनल्याण्ड कलेजलाई १–० को गोल अन्तरले पराजित गरेको छ । एक मात्र निणांयक गोल मोडनै एराका अविशेक मगरले गरेका थिए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा सगरमाथा कलेजले नेशनल एकाडेमीलाई ४–० गोलको अन्तरले पराजित गरेको छ । सगरमाथाका प्लेयर अफ द म्याच सोसेहाङ लिम्बु, प्रशान्त राई, साइमन बस्नेत र महमद स्यामुलले १–१ गोल गरे ।

तस्रो खेलमा होलीचाइल्ड कलेज उर्लाबारीले विराटनगरको भानु कलेजलाई ३–० को गोल अन्तरले पराजित गरेको छ । उर्लाबारीको जितमा अविशेक मगरले २ गोल र उदय भुजेलले १ गो गरे । भुजेल खेलको प्लेयर अफ द म्याच घोषित भए ।

विहिबारदेखि वैजनाथपुर क्रिकेट मैदानमा क्रिकेटका खेलहरु हुने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]