०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

फास्ट फेसनले पर्यावरणमा नकरात्मक प्रभाव

Logo
जनचर्चा संवाददाता प्रकाशित आइतबार, माघ १३, २०८१

विराटनगर,१३ माघ ।

फास्ट फेसन र अनावश्यक कपडाको उपभोगले वातावरणमा पारेको प्रभाववारे विराटनगरमा समीक्षा गरिएको छ । शैक्षिक अन्तरक्रियात्मक र अनुसन्धानात्मक क्षेत्रमा काम गरिरहेको एक्रेस एकेडेमिया संस्थाले शनिबार गरेको कार्यक्रममा फास्ट फेसनद्वारा वातावरणमा पारेको प्रभावका विषयमा समीक्षा गरिएको थियो ।

कार्यक्रममा संस्थाले गरेको सर्वेक्षण,उपभोक्ताहरुका बानी , वातावरणीय असरबारे सचेतनाको स्तर र दिगो फेसन विकल्पप्रतिको चासोका विषयहरु समेटेर प्रतिवेदन प्रस्तुत गरेको थियो । सर्वेक्षणको निष्कर्ष यो थियो की धेरैजसो मानिसहरूले वर्षमा केही पटक चल्तीको फेसन ट्रेन्डको आधारमा लुगा कपडा किन्ने र फास्ट फेसनले पार्ने वातावरणीय क्षतिको विषयमा केहि हदसम्म सचेत भएतापनि व्यवहारिक रूपमा पालना नभएको उल्लेख छ । कार्यक्रममा पुन:प्रयोग र पुन:उपयोगको नितीको विकास गर्ने, गैर बायोडिग्रेडेबल कपडाहरूमा कडा प्रतिबन्ध लगाउने जस्ता कदमहरूले फास्ट फेसनले पर्यावरणमा पार्ने नकरात्मक प्रभावलाई न्युनिकरण गर्न मद्दत पुर्याउने भनिएको छ ।

संस्थाका अध्यक्ष सुशिल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कोशी प्रदेशका सांसद जय प्रकाश चौधरीले यसखाले समस्या समाधानमा सवैको सहयोग आवश्यक रहने बताए । उनले यो विषय अत्यन्तै नयाँ रहेको तर सार्वजनिक सरोकारका मामलामा उठानको विषय रहेको बताए । उनले यो विषयलाई प्रदेश सरकारमा उठान गर्ने प्रतिवद्धता जनाए ।

यस्तै विराटनगर महानगर वडा नं.१९ का वडाध्यक्ष श्याम घिमिरेले स्थानिय सरकारकोरुपमा आफुले आजैदेखि यस विषयलाई प्राथमिकतामा राख्ने वताए । फेसन ट्रेन्डको आधारमा लुगा कपडा किन्ने र फास्ट फेसनले पनि वातावरणीय क्षति गर्छ भन्ने विषय नौलो लागेपनि सोच्दै जादा यसले पार्ने असर गम्भिर रहेछ भन्ने जानकारी मिलेको बताए । संस्थाले उठान गरेको विषयलाई वडास्तरमा सचेतनामुलकरुपमा अगाडि बढाइने पनि घिमिरेले प्रतिवद्धता जनाए ।

यस्तै पत्रकार महासंघ मोरङका कोषाध्यक्ष कौशल निरौलाले फेसनका नाममा आयात हुने सवैखाले कपडा र सामाग्री लामो समयसम्म मानिसले नलगाउने र ती सामान पुन: प्रयोग र पुन: उपयोग पनि नहुने हुदा वातावरणीय प्रदुषणलाई बढावा दिने बताए । फेसनका नाममा र अन्यदेशवाट आउने सस्तो कपडाका कारण नेपालमा फोहरको डंगुर बढेको उनको तर्क थियो । खोला,किनारमा नसड्ने लुगाहरु यत्रतत्र छरिएको भेटिने र डढाउदा पनि प्रदुषण बढेको उनको तर्क थियो । वातावरणनै खलवलाउनेगरी आउने कपडामा सरकारले कडाइ गरी ,स्थानिय उत्पादनलाई प्रवर्धन गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा सो संस्थाले तयार पारेको प्रतिवेदन सांसद चौधरी र वडाध्यक्ष घिमिरेलाई हस्तान्तरण गरिएको थियो ।  उक्त कार्यक्रममा  पञ्चकन्या आधाभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज शर्मा जमरकट्टेल,बैझनाथपुर सिकाइ केन्द्रका अध्यक्ष रोचन बन्जारा,संस्थाका सल्लाहकार सुभाषचन्द्र रेग्मी,घिनाघाट पञ्चकन्या टोलविकास संस्थाका अध्यक्ष भानु कोइराला,नमुना टोलविकास संस्थाका अध्यक्ष रमेश खनाल, एक्रेस एकिडेमियाका सदस्यहरु सुमन बन्जारा, स्वीकृति नेपाल,हेलिन पोखरेल लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]