०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

फास्ट फेसनले पर्यावरणमा नकरात्मक प्रभाव

Logo
जनचर्चा संवाददाता

विराटनगर,१३ माघ ।

फास्ट फेसन र अनावश्यक कपडाको उपभोगले वातावरणमा पारेको प्रभाववारे विराटनगरमा समीक्षा गरिएको छ । शैक्षिक अन्तरक्रियात्मक र अनुसन्धानात्मक क्षेत्रमा काम गरिरहेको एक्रेस एकेडेमिया संस्थाले शनिबार गरेको कार्यक्रममा फास्ट फेसनद्वारा वातावरणमा पारेको प्रभावका विषयमा समीक्षा गरिएको थियो ।

कार्यक्रममा संस्थाले गरेको सर्वेक्षण,उपभोक्ताहरुका बानी , वातावरणीय असरबारे सचेतनाको स्तर र दिगो फेसन विकल्पप्रतिको चासोका विषयहरु समेटेर प्रतिवेदन प्रस्तुत गरेको थियो । सर्वेक्षणको निष्कर्ष यो थियो की धेरैजसो मानिसहरूले वर्षमा केही पटक चल्तीको फेसन ट्रेन्डको आधारमा लुगा कपडा किन्ने र फास्ट फेसनले पार्ने वातावरणीय क्षतिको विषयमा केहि हदसम्म सचेत भएतापनि व्यवहारिक रूपमा पालना नभएको उल्लेख छ । कार्यक्रममा पुन:प्रयोग र पुन:उपयोगको नितीको विकास गर्ने, गैर बायोडिग्रेडेबल कपडाहरूमा कडा प्रतिबन्ध लगाउने जस्ता कदमहरूले फास्ट फेसनले पर्यावरणमा पार्ने नकरात्मक प्रभावलाई न्युनिकरण गर्न मद्दत पुर्याउने भनिएको छ ।

संस्थाका अध्यक्ष सुशिल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कोशी प्रदेशका सांसद जय प्रकाश चौधरीले यसखाले समस्या समाधानमा सवैको सहयोग आवश्यक रहने बताए । उनले यो विषय अत्यन्तै नयाँ रहेको तर सार्वजनिक सरोकारका मामलामा उठानको विषय रहेको बताए । उनले यो विषयलाई प्रदेश सरकारमा उठान गर्ने प्रतिवद्धता जनाए ।

यस्तै विराटनगर महानगर वडा नं.१९ का वडाध्यक्ष श्याम घिमिरेले स्थानिय सरकारकोरुपमा आफुले आजैदेखि यस विषयलाई प्राथमिकतामा राख्ने वताए । फेसन ट्रेन्डको आधारमा लुगा कपडा किन्ने र फास्ट फेसनले पनि वातावरणीय क्षति गर्छ भन्ने विषय नौलो लागेपनि सोच्दै जादा यसले पार्ने असर गम्भिर रहेछ भन्ने जानकारी मिलेको बताए । संस्थाले उठान गरेको विषयलाई वडास्तरमा सचेतनामुलकरुपमा अगाडि बढाइने पनि घिमिरेले प्रतिवद्धता जनाए ।

यस्तै पत्रकार महासंघ मोरङका कोषाध्यक्ष कौशल निरौलाले फेसनका नाममा आयात हुने सवैखाले कपडा र सामाग्री लामो समयसम्म मानिसले नलगाउने र ती सामान पुन: प्रयोग र पुन: उपयोग पनि नहुने हुदा वातावरणीय प्रदुषणलाई बढावा दिने बताए । फेसनका नाममा र अन्यदेशवाट आउने सस्तो कपडाका कारण नेपालमा फोहरको डंगुर बढेको उनको तर्क थियो । खोला,किनारमा नसड्ने लुगाहरु यत्रतत्र छरिएको भेटिने र डढाउदा पनि प्रदुषण बढेको उनको तर्क थियो । वातावरणनै खलवलाउनेगरी आउने कपडामा सरकारले कडाइ गरी ,स्थानिय उत्पादनलाई प्रवर्धन गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा सो संस्थाले तयार पारेको प्रतिवेदन सांसद चौधरी र वडाध्यक्ष घिमिरेलाई हस्तान्तरण गरिएको थियो ।  उक्त कार्यक्रममा  पञ्चकन्या आधाभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज शर्मा जमरकट्टेल,बैझनाथपुर सिकाइ केन्द्रका अध्यक्ष रोचन बन्जारा,संस्थाका सल्लाहकार सुभाषचन्द्र रेग्मी,घिनाघाट पञ्चकन्या टोलविकास संस्थाका अध्यक्ष भानु कोइराला,नमुना टोलविकास संस्थाका अध्यक्ष रमेश खनाल, एक्रेस एकिडेमियाका सदस्यहरु सुमन बन्जारा, स्वीकृति नेपाल,हेलिन पोखरेल लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]