०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

प्राविधिक शिक्षाको विकासमा सरकारले प्रभावकारी लगानी गर्नुपर्छ : डा.शेखर कोइराला

Logo
जनचर्चा संवाददाता

विराटनगर,१७ माघ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्राविधिक शिक्षाको विकासमा सरकारले प्रभावकारी लगानी गर्नुपर्ने वताएका छन् । बुधबार कृष्णप्रसाद कोइराला सेवागुठी तथा सि.टि.इ.भि.टि को साझेदारीमा सञ्चालित शैलजा आचार्य स्मृर्ति पोलिटेक्निकको २३ औं वार्षिकउत्सव तथा अभिभावक दिवसका अवसरमा वोल्दै डा.कोइरालाले यस्तो वताएका हुन् ।

उनले अहिले पनि राज्यले प्राविधिक शिक्षा दिने संस्थाहरुमा समुचित लगानी गर्न नसकेको वताए । उनले भने ,”सरकारको सहयोग विना यसखाले संस्था चल्न कठिन हुन्छ । जुन संस्थाको उदेश्य प्राप्तिमा पनि सफलता मिल्दैन ।” शैलजा आचार्यले त्यसवेला ग्रामिण वस्तिमा पोलिटेक्निक खोलेर बहुप्राविधिक शिक्षा दिन खोज्नु,गरिव ,अतिविपन्न परिवारका विद्यार्थी पढ्ने वातावरण वनाउनु आफैमा उदाहरणीय  भएको कोइरालाले बताए । वैचारिक ,शैक्षिक ,सामाजिक र राजनैतिक क्षेत्रमा शैलजा आचार्यले दिनुभएको योगदान अतुलनीय  रहेको उनको भनाइ थियो ।

यस्तै पूर्व मुख्यमन्त्री केदार कार्कीले शैलजा आचार्यले सोच्नु भएको दीर्घकालीन  सोचका कारण ग्रामिण क्षेत्रका विपन्न विद्यार्थीहरुले पनि प्राविधिक शिक्षा हासिल गरी रोजगार बन्न सफल भएको बताए । नेतृत्वले सहि निर्णय गरे भावी पुस्ताले पनि सेवा पाउदै जाने उनको भनाई थियो ।

त्यस्तै कोशी प्रदेशका सांसद गयानन्द मण्डलले शैलजा आचार्य पोलिटेक्निकले ग्राम बस्तिमा रहेर प्राविधिक शिक्षा पढ्न चाहनेहरुको सपना पूरा गरेको वताए । उनले पनि आचार्यको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रहसन गरेका थिए । उक्त अवसरमा उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मान समेत गरिएको पोलिटेक्निकका प्रिन्सिपल सन्तवहादुर अधिकारीले जानकारी दिए ।

पोलिटेक्निक अध्यक्ष मीता आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जहदा गाउँपालिका उपाध्यक्ष हना सुरेन,गुठीका कोषाध्यक्ष मोहनलाल महत्तो,गुठीका सदस्य विकास पराजुली,जवाहर लाल मण्डल,समाजसेवी पुनम कोइराला,ज्योती आचार्य, नेपाल पत्रकार महास‌ंघ माेरङका काेषाध्यक्ष काैशल निराैला लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]