०५ भाद्र २०८३, शुक्रबार
21-08-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराट एक्स्पो सम्पन्न

Logo
जनचर्चा संवाददाता

विराटनगर, २१ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेशी उत्पादित सामाग्री प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने बताउनु भएको छ ।
उद्योग संगठन मोरङद्वारा आयोजित, ‘ विराट एक्स्पो–२०२५’ को आइतबार समापन कार्यक्रममा बोल्दै कार्कीले यस्तो बताउनु भएको हो । स्वदेशी उत्पादन प्रयोगले राष्ट्रिय पूँजीको विकास हुनका साथै मुलुकमा समृद्धी कायम हुने धारणा व्यक्त गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले एक्स्पो आयोजनाले यस क्षेत्रमा उद्योग स्थापनामा आकर्षण वृद्धि भएको चर्चा गर्दै प्रदेश सरकार उद्योग स्थापनाका लागि आवश्यक नीति, कानूनको व्यवस्था गर्नुका साथै उद्यमीहरुसँग सहकार्य गर्ने बताउनु भयो । उहाँले प्रदेश सरकारले आगामी २०८२ वैशाख १८ र १९ गते गर्ने लगानी सम्मेलनका लागि तयारी शुरु गरेको जानकारी दिदै यसको सफलताका लागि सहयोग गर्न आग्रह गर्नु भयो ।
सङ्घीय उद्योग सचिव कृष्णबहादुर राउतले विदेशी मुद्रा सञ्चीतका लागि आयात प्रतिस्थापना उद्योग स्थापना गर्न उद्यमीहरुलाई आग्रह गर्नु भयो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले खस्किएको आर्थिक अवस्थालाई चलायमान बनाउन यो एक्स्पोले निकै मद्दत पु¥याएको बताउनु भयो ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, एक्स्पोका संयोजक भोलेश्वर दुलालले यस क्षेत्रका बजार चलायमान गर्न एक्स्पोले सहयोग गरेको बताउनु भयो । यही माघ १२ गतेदेखि एक्स्पो सञ्चालन भएको थियो । एक्स्पोमा २६८ बटा स्टलमा स्वदेशी तथा भारत, बङ्लादेश, पाकिस्तानका उत्पादनहरु राखिएको थियो ।
एक्स्पोमा स्वदेशी तथा छिमेकी भारतीय नागरिक गरी दुई लाख ५० हजारले अवलोकन गरेको अनुमान आयोजकको छ । कार्यक्रममा उद्यमी तथा व्यवसायीहरुलाई सम्मान समेत गरिएको उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दु राठीले जानकारी दिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]