२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

विराट एक्स्पो सम्पन्न

Logo
जनचर्चा संवाददाता

विराटनगर, २१ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेशी उत्पादित सामाग्री प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने बताउनु भएको छ ।
उद्योग संगठन मोरङद्वारा आयोजित, ‘ विराट एक्स्पो–२०२५’ को आइतबार समापन कार्यक्रममा बोल्दै कार्कीले यस्तो बताउनु भएको हो । स्वदेशी उत्पादन प्रयोगले राष्ट्रिय पूँजीको विकास हुनका साथै मुलुकमा समृद्धी कायम हुने धारणा व्यक्त गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले एक्स्पो आयोजनाले यस क्षेत्रमा उद्योग स्थापनामा आकर्षण वृद्धि भएको चर्चा गर्दै प्रदेश सरकार उद्योग स्थापनाका लागि आवश्यक नीति, कानूनको व्यवस्था गर्नुका साथै उद्यमीहरुसँग सहकार्य गर्ने बताउनु भयो । उहाँले प्रदेश सरकारले आगामी २०८२ वैशाख १८ र १९ गते गर्ने लगानी सम्मेलनका लागि तयारी शुरु गरेको जानकारी दिदै यसको सफलताका लागि सहयोग गर्न आग्रह गर्नु भयो ।
सङ्घीय उद्योग सचिव कृष्णबहादुर राउतले विदेशी मुद्रा सञ्चीतका लागि आयात प्रतिस्थापना उद्योग स्थापना गर्न उद्यमीहरुलाई आग्रह गर्नु भयो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले खस्किएको आर्थिक अवस्थालाई चलायमान बनाउन यो एक्स्पोले निकै मद्दत पु¥याएको बताउनु भयो ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, एक्स्पोका संयोजक भोलेश्वर दुलालले यस क्षेत्रका बजार चलायमान गर्न एक्स्पोले सहयोग गरेको बताउनु भयो । यही माघ १२ गतेदेखि एक्स्पो सञ्चालन भएको थियो । एक्स्पोमा २६८ बटा स्टलमा स्वदेशी तथा भारत, बङ्लादेश, पाकिस्तानका उत्पादनहरु राखिएको थियो ।
एक्स्पोमा स्वदेशी तथा छिमेकी भारतीय नागरिक गरी दुई लाख ५० हजारले अवलोकन गरेको अनुमान आयोजकको छ । कार्यक्रममा उद्यमी तथा व्यवसायीहरुलाई सम्मान समेत गरिएको उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दु राठीले जानकारी दिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]