२८ बैशाख २०८२, आइतबार
11-05-2025 , Sun
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

योगी आदित्यनाथसँगै भुटानी राजाले पनि महाकुम्भमा लगाए डुबुल्की

Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, माघ २३, २०८१

विराटनगर, माघ  २३ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा मुख्यमन्त्री आदित्यनाथसँगै भुटानी राजा जिग्मे खेसर नामग्याल वांगचुकले पनि संगमस्थलमा डुबुल्की लगाएका छन्। भुटानी नरेशले गंगा पूजा र आरती गरेका थिए। त्यसपछि अक्षयबटधाम तथा लेटे हनुमानको पनि दर्शन तथा पूजा गरेका थिए।

योगी आदित्यनाथ भुटानी राजालाई लिएर लखनउबाट विमानमा बमरौली एयरपोर्ट पुगेका थिए। त्यहाँबाट सडकमार्ग हुँदै कुम्भमा स्नान गर्न पुगेका हुन्। अरैलीले घाटबाट बोटमा सवार भएर संगम पुगेर डुबुल्की लगाएको भारतीय सञ्चारमाध्यामले जनाएका छन्।

योगी तथा भुटानका राजाको आगमनसँगै हनुमान मन्दिर तथा अक्षयबटमा श्रद्धालुहरुका लागि ढोका बन्द गरिएको थियो। साँझ ४ बजेपछि श्रद्धालुका लागि उक्त स्थान खोलिने कार्यतालिका रहेको छ।

५ फेब्रुअरीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी महाकुम्भमा जाने कार्यतालिका रहेको छ। मोदीको आगमनलाई ध्यानमा राख्दै योगीले हेलिप्याडदेखि अरैलीघाटदेखि संगमस्थल सम्मको व्यवस्थापन हेरिरहेका छन्।

महाकुम्भको आज २३ औँ दिन हो। अहिलेसम्म ३७ करोड मानिसहरुले डुबुल्की लगाएको जनाइएको छ। आज बिहान १० बजेदेखि ४२ लाख बढीले स्नान गरिसकेका छन्। सोमबार अर्थात वसन्त पञ्चमीका दिन करिब २.३३ करोडले स्नान गरेको भारतीय सञ्चार माध्यामले जनाएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]