३० मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

लोकनृत्यमा पोखरिया स्कुल महानगर प्रथम

Logo
जनचर्चा संवाददाता प्रकाशित सोमबार, माघ २८, २०८१

विराटनगर,२८ माघ । विराटनगर महानगरपालिकाले आयोजना गरेको लोकनृत्य प्रतियोगितामा विराटनगरस्थित पोखरिया मावि प्रथम भएको छ । विराटनगर–४ स्थित श्री मावि कञ्चनबारीले संयोजन गरेको प्रतियोगितामा २३ वटा सामुदायिक विद्यालयलाई पछि पार्दै पोखरिया प्रथम भएको हो । प्रतियोगितामा आदर्श मावि द्वितीय, मदननगर आधारभूत विद्यालय तृतीय र श्री मावि कञ्चनबारीले सान्त्वना स्थान प्राप्त गरे । प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः २०, १५ र १० हजार नगदसहित शिल्ड, ट्रर्फी र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको उद्घाटन महानगरका मेयर नागेश कोइरालाले गर्नुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले विद्यार्थीको चौतर्फी विकासका लागि महानगरले काम गरिरहेको बताउनुभयो । उहाँले पठनपाठनसँगै अन्य गतिविधिमा समेत सक्रिय हुन विद्यार्थीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ४ का अध्यक्ष जितन थापा, महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, श्री मावि कञ्चनबारीका व्यवस्थापन समितिका अध्यक्ष गुणराज खनाल, प्रधानाध्यापक राजेन्द्र घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रतियोगितामा २३ सामुदायिक विद्यालयका २ सयभन्दा बढी विद्यार्थीले नृत्य प्रस्तुत गरेको महानगरको शैक्षिक महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिनुभयो । विद्यार्थीको क्षमता विकासका लागि महानगरले लोकनृत्य, हाजिरीजवाफ, वक्तृत्वकला, विज्ञान प्रदर्शनीलगायतका विभिन्न अतिरिक्त क्रियाकलापसमेत गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]