३ महिनादेखि भन्सारमा थन्किएकाेछ “कम्वाइन हार्वेस्टर”
जनचर्चा संवाददाता
विराटनगर ,२९ माघ । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाँच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । केही किसान र स्थानिय व्यवसायीको सम्लग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । जुन अत्याधुनिक र नेपालका कृषकका लागि एउटा महत्वपूर्ण कृषि सामाग्री भनिएको छ । यो मेसिन विराटनगर भन्सार कार्यालय परिसर सम्म आइपुगेपनि कार्यालयले अनेकन वहानामा ल्याउन नदिएको आरोप कृषकको छ । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै सागर मोटर्सपार्र्ट सुनसरीका व्यवसायी तथा कृषकहरुले भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले भारतबाट नेपाल निर्यात हुन लागेको धान काट्ने कृषि मेसिनलाई जाँच पास नगरीकन ३ महिनादेखि रोकेर दुःख दिएको बताए । पत्रकार सम्मेलनमा बोल्दै स्थानिय कृषक तथा व्यवसायी चन्दन साहले, २०८१ कात्तिक २८ गते भारतको पन्जाब राज्यबाट सरकारी मापदण्ड बमोजिम धान काट्ने मेसिन विराटनगर भन्सार कार्यालयमा ल्याएको ,यसक्रममा भन्सारले आनाकानी गरेपछि २०८१ मंसिर १७ गते मापदण्ड पुग्दैन भने मेसिन फिर्ता पठाइदिन विराटनगर भन्सार कार्यालयमा निवेदन दर्ता गरी सो विषयमा जानकारी गराएको भएपनि मेसिन जाँच पास हुने,नहुने जानकारीदिन कसैले नमानेको बताए । साहले विराटनगर भन्सार कार्यालयमा मेसिन पार्किङ गरेर राखे बापत ट्रान्स नेपाल सर्भिस प्रा.लि.लाई २९ हजार ९ सय ८३ रुपैयाँ ४७ पैसा भाडा उल्टै तिर्नुपरेको बताए । २ वर्ष कतार र २ वर्ष साउदी अरबमा काम गरेर बाँकी जीवन नेपालकै व्यापार व्यवसायमा खर्च गर्ने उद्देश्यका साथ घर फर्केका साहले बैंकबाट २६ लाख रुपैयाँ ऋण लिएर धान काट्ने मेसिन निर्यात गर्न लागेको बताए । यद्यपी ३ महिनादेखि मेसिन विराटनगर भन्सार कार्यालयमा थन्किदा आफु अन्यायमा परेको आभाष भइ पत्रकार सम्मेलन गर्नुपरेको साहले बताए । उनले एक प्रेस विज्ञप्ति समेत जारी गर्दै भनेका छन् ,”नेपाल एक कृषिमुलक देश भएको र नेपाल सरकार ,देशका नेता तथा स्थानियतहले पनि यस क्षेत्रलाई सहयोग गर्ने नारा दिइरहेको सर्वविधितै छ । कृषिक्षेत्रमै केही गरौ भन्ने युवाहरुको हुटहुटीलाई केही मलहम लगाउन सकिन्छकी भनेर ल्याएको उक्त कृषि सामाग्री विराटनगर भन्सार कार्यालयले अनेकन बहानामा भन्सारबाट छाड्न मानिरहेको छैन । भन्सार कार्यालयका प्रमुख र केही उहाँ निकट कर्मचारीले यो विषयलाई जटिल बनाउने प्रयास गरेका छन् । नेपाल सरकारले तोकेको कर तिर्न र व्यवस्था अनुरुप सवै कार्य गर्ने कुरा गरेपनि कार्यालयका प्रमुखको गैर जिम्मेवारपन र उहाँ निकट कर्मचारीले दलाल मार्फत काम गर्न भने पछि हामी सचेत कृषकहरु पीडामा परेका छौ । लामो समय भन्सारमै सामान रहदा हामीले पार्किङ वापत उल्टै ट्रान्स नेपाल सर्भिस प्रा.लिलाई २९९८३ ।– रुपैया ४७ पैसा तिर्नुपरेको तितोसत्य हामी संग छ । भारतवाट जुन कम्पनी संग हामीले सामान खरिद गरेका थियौ,सोही कम्पनीले समेत भन्सार संग मिल्ने भए पठाउन र नभए फिर्ता गर्न आग्रह गर्दापनि भन्सारमै महिनौसम्म झुलाउने प्रपन्चवाट हामी दुःखी छौ । राज्यले उल्टै किसान र किसानका समस्या समाधान गर्नुपर्नेमा दुःख दिने मात्र काम भयो । हाम्रा नेता,मन्त्री र कोही सहयोगीसिद्ध नहुदा पत्रकार माझ हामी आएका छौ । यसखाले मेसिन र यो भन्दापनि ल्याउन नमिल्ने प्रकृतिका सामाग्री ठूला व्यापारीहरुले यसभन्दा अगाडि निर्वाधरुपमा भित्राएका छन् । सुद्ध किसानले सहजै कृषि औजार ल्याउन कठिन हुनेरछ भन्ने आभाष भएको छ । भन्सारको सन्जालबाट महिनौ सम्म आजित भइ हामी तपाइहरुमाझ आएका छौ । यसका लागि तपाईहरुपनि सत्यतथ्य वुझी न्यायको कलम चलाईदिनुहुन आग्रह गर्दछौ । गर्दछु ।”
विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]
विराटनगर, भदाै १२ । विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]
काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]