३० मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

सुन्दरहरैंचा विराट एक्स्पो: विधार्थीलाई ज्योतिष सम्बन्धि प्रशिक्षण दिदै

Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, माघ ३०, २०८१

सुन्दरहरैंचा, माघ ३० ।   नेपाल ज्योतिष परिषद् कोशी प्रदेशले मङ्गलबार सुन्दरहरैंचाका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ज्योतिषसम्बन्धी आधारभूत प्रशिक्षण दिएको छ ।

परिषद्को दोस्रो बोर्ड बैठक तथा प्रशिक्षण कार्यक्रम आज सुन्दरहरैंचाको औद्योगिक प्रदर्शनी स्थलमा सम्पन्न भएको हो । सिद्धार्थ सेकेण्डरी स्कुल र ब्राइट फ्युचर सेकेण्डरी स्कुलका १ सय जना विद्यार्थीलाई परिषद्को कोशी प्रदेश अध्यक्ष बाबुराम निरौला तथा निवर्तमान कोशी प्रदेश अध्यक्ष तथा प्रशिक्षण विभाग प्रमुख सन्तोष पोखरेलले प्रशिक्षण दिएका थिए ।

ज्योतिषसम्बन्धी जानकारी नभएकाले ज्ञान लिने सही उमेर पहिचान गरी कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई एक्स्पो स्थलमा प्रशिक्षण दिइएको परिषद्का प्रदेश अध्यक्ष निरौलाले जानकारी दिए । उनले वास्तुसम्बन्धी प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण विभाग प्रमुख पोखरेलले विद्यार्थीलाई पञ्चाङ्गसम्बन्धी जानकारी दिएका थिए । सम्पूर्ण ब्रह्माण्ड र विज्ञान नै ज्योतिषीय प्रमाणका आधारमा सञ्चालन भइरहेको उनले विद्यार्थीलाई जानकारी दिए ।

सुन्दरहरैंचा विराट एक्स्पोको औपचारिक उद्घाटनको पूर्व सन्ध्यामा एक्स्पो स्थलमा स्वस्तिवाचन गरेर एक्स्पो सफलताको कामना गरिएको थियो । कार्यक्रममा सुन्दरहरैंचा विराट एक्स्पो ४ मूल समारोह समितिका संयोजक भोलेश्वर दुलाल, नेपाल ज्योतिष परिषद्का अध्यक्ष विश्वप्रकाश लामिछाने, महासचिव नगेन्द्र रोइला लगायतको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]