०८ कार्तिक २०८२, शुक्रबार
24-10-2025 , Fri
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

विराटनगरमा किशाेरी सेल्फ डिफेन्स तालिम सम्पन्न

Logo
जनचर्चा संवाददाता प्रकाशित सोमबार, फाल्गुण ०५, २०८१

 विराटनगर,५ फाल्गुन । किशोरीहरुमा हुने हिंसा रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले आयोजना गरिएको तीन दिने महिला सेल्फ डिफेन्स तालिम समापन भएको छ । विराटनगरको सत्यनारयण स्कुलमा उक्त तालिम आइतबार सम्पन्न भएको हो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवारले विद्यालय पढने किशोरीहरुलाई आत्मरक्षाको लागि विद्यालयस्तरमा भएको सेल्फ डिफेन्स तालिमले आत्मरक्षाको लागि ठूलो सहयोग पुग्ने बताइन् । ‘हिंसाको थुप्रै घटनाहरु अहिले हुने गरेको छ । त्यसमाथि पनि छोरीहरु धेरै जोखिममा रहेका छन् । आत्मरक्षा तालिमले हिंसा रोक्न ठूलो सहयोग पुग्नेछ । आत्मरक्षा तालिम गाउँ–गाउँसम्म पुर्याउन जरुरी रहेको छ,’ उपसभामुख दनुवारले भनिन् ।
कार्यक्रममा प्रदेश खेलकुद विकास बोर्डको सदस्य थलुराज भण्डारी हिंसा रोकथाम र नियन्त्रणको लागि महिलाहरुलाई सेल्फ डिफेन्स तालिम आवश्यक रहेको बताए । तालिमको सिकेको ज्ञान साथीहरुलाई पनि सिकाएर हिंसा रोकथाम र नियन्त्रण गरेर अगाडी बढनुपर्नेमा उनले जोड दिइन् ।

समापन कार्यक्रमको अध्यक्षता गरेकी समृद्ध समाज नेपालकी अध्यक्ष कला डाँगीले किशोरीहरुलाई आत्मरक्षा गर्न सक्षम बनाउनको लागि प्रदेश सरकारसँग समन्वय गरेर काम गर्दै आएको बताइन् । सेल्फ डिफेन्स तालिमले महिलाहरुलाई आत्मविश्वास अभिवृद्धि गरी सामाजिक अपराध न्यूनीकरणमा सहयोग पुग्ने बताइन् । बिहीबारदेखि सुरु भएको उक्त तालिममा १३ वटा विद्यालयका एक सय बढी किशोरीहरुको सहभागि रहेको तालिमको संयोजक तथा नेपाल खेलकुद महासंघका केन्द्रीय सचिवालय सदस्य शान्ता जोशीले जानकारी दिइन् ।
तालिममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रशिक्षक प्रहरी निरीक्षक तोरण परियारले आत्मरक्षाको लागि प्रतिकार गर्ने तरिका, कानूनी व्यवस्था सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए भने प्रहरी सहायक हवल्दार पविता शर्माले सहभागी प्रशिक्षार्थीहरुलाई आत्मरक्षा सम्बन्धी प्रयोगात्मक अभ्यास गराएका थिए ।

कार्यक्रममा राष्ट्रिय सौन्दर्यकमी युनियन कोशी प्रदेशको कोषाध्यक्ष अमिता पोखरेल, विराटनगर महानगर अध्यक्ष भली सुब्बा, सचिव बसन्ती गुरुङ, सत्यनारयण स्कुलका प्रधानध्यापक पुरुषोतम गुरागाइलागयतको सहभागिता रहेको थियो ।प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा भएको सो तालिममको उद्घाटन प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम ) ले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]