०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराट गोल्डकप फागुन १९ बाट

Logo
जनचर्चा संवाददाता

विराटनगर ,६ फाल्गुन ।  कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना गर्न लागिएको नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।

प्रतियोगितामा दुई वटा भारतीयसहित १० वटा टिम सहभागी हुने पक्का भएको छ । विराटनगरमा सोमबार पत्रकार सम्मेलनमार्फत भारतका दुई र नेपालका विभागीयसहित आठ वटा गरी प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने जानकारी दिइयो ।

आठौं संस्करण आफैं गरेको विराट गोल्डकप फुटबल ट्रष्टले नवौं संस्करण आयोजनाको जिम्मा उद्योगी नवीन रिजाललाई दिएको छ । गोल्डकप संयोजक रिजालले प्रतियोगितामा भाग लिने टिमको टुंगो लागिसकेको बताए । फागुन १९ गतेदेखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने प्रतियोगितामा भारतबाट साउथर्न समिति फुटबल क्बल कोलकाता र सुदेभा दिल्ली फुटबल क्लब आउनेछन् ।

गोल्डकपमा नेपालका विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपीएफ फुटबल क्लबसहित थ्रीस्टार फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, एनआरटी क्लब, चर्च ब्वाइज फुटबल क्लब तथा रिजालको मोरङ एफसीले सहभागिता जनाउने छन् ।

विराटनगरको सहिद रंगशालामा हुने गोल्डकप आयोजनाका लागि मैदान मर्मत र सरसफाइको काम भइरहेको जानकारी दिँदै रिजालले प्रायोजकहरूको लगभग टुंगो लागिसकेको बताए ।

रंगशाला बाहिर र भित्र ब्यानर तथा होडिङ बोर्ड राख्ने तथा फ्रल्ड लाइट चेकजाँचको काम भइरहेको उनको भनाइ छ । रिजालले फ्रल्ड लाइटमा केही समस्या देखिएकाले मर्मतका लागि सहयोग गर्न प्रदेश सरकारलाई आग्रह पनि गरे ।

उनका अनुसार प्रतियोगिताका लागि संरक्षक र प्राविधिक सहयोगीमा कोशी प्रदेश सरकार, प्रदेश खेलकुद विकास बोर्ड, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् (राखेप), अखिल नेपाल फुटबल संघ (एन्फा) र मोरङ उद्योग व्यापार संघ रहेका छन् ।

गोल्डकप सम्पन्न गर्न एक करोड ३५ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको विजेता टिमलाई ११ लाख र उपविजेतालाई ५ लाख रूपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । त्योबाहेक उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ताले १५–१५ हजार रूपैयाँ पाउने छन् ।

दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र सर्वोकृष्ट खेलाडीलाई ५१ हजार रूपैयाँ प्रदान गरिने जानकारी रिजालले दिए । ‘सबै क्षेत्रमा आर्थिक मन्दीको असर परेका कारण सहयोग जुटाउन कठिनाइ भइरहेको छ,’ उनले भने, ‘तर, गोल्डकपको पहिचानलाई जोगाउन प्रतियोगिता सञ्चालन गर्नैपर्ने अवस्थामा विभिन्न चुनौतीको सामाना गर्दै अगाडि बढ्ने जमर्को गरिरहेका छौं ।’

दर्शकमध्ये दैनिक ५ जनालाई ‘फेस अफ दी विराट गोल्डकप’ छनोट गरेर ताज पहिरिने व्यवस्था मिलाइएको रिजालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]