३० आषाढ २०८३, मंगलबार
14-07-2026 , Tue
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

ऐन पारित गर्न माग गर्दै देशभरका शिक्षक आन्दोलनमा

Logo
जनचर्चा संवाददाता

विराटनगर, १० फाल्गुन । देशभरका शिक्षकहरु आन्दोलित भएका छन् । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको गत माघ १६ र १७ गते काठमाडौँमा बसेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार देशैभरिका शिक्षकका विभिन्न घटक संस्थाहरूमा आबद्ध शिक्षकहरू तथा महासङ्घमा आबद्ध शिक्षकहरु आन्दोलनमा होमिएका हुन् । उनीहरूले यसअघि ७५३ वटै पालिकामा ज्ञापनपत्र तथा ध्यानाकर्षण पत्र बुझाइसकेका छन् भने फागुन ८ गते विद्यालयहरूमा विद्यालय व्यवस्थापन समिति विद्यार्थी अभिभावक हरूसित अन्तरक्रिया समेत गरिसकेका छन् ।

शुक्रबार ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईमा भेला भएर शिक्षकहरूले आफ्ना मागहरु सरकारलाई ध्यानाकर्षण गराएका हुन् । सरकारले शिक्षकहरुका माग पूरा गरोस् भन्ने उदेश्यका साथ एक महिने लामो शैक्षिक आन्दोलनका कार्यक्रम लिएर अगाडि बढेको नेपाल शिक्षक महासङ्घ केन्द्रीय महासचिव (अर्थ) निर्मला कोइरालाले जानकारी दिइन् ।

यस्तै प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० तत्काल संसदको हिउँदे अधिवेशनबाट पारित गर्नका लागि दबाब दिन आन्दोलन गरिएको नेपाल शिक्षक महासङ्घ मोरङका अध्यक्ष कुमार पोखरेलले जानकारी दिए। दुई लाख ५० हजार को हाराहारीमा सार्वजनिक विद्यालयहरूमा कार्यरत अस्थायी प्रकृति शिक्षकहरू विद्यालय कर्मचारी तथा स्थायी शिक्षकका समेत जायज मागहरू अघि सारेका छन् ।

जस अनुसार यही आउँदो फागुन १५ गते सातै प्रदेशका सामाजिक विकास मन्त्रालय तथा मुख्यमन्त्री कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको शिक्षकहरू बताउँछन् । त्यसैगरी यही आउँदो फागुन २४ गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने जानकारी एकीकृत अखिल नेपाल शिक्षक संगठनकी केन्द्रीय सदस्य अर्चना ढुंगेलले बताइन्। कोण सभालाई सम्बोधन गर्दै नेपाल शिक्षक महासङ्घ अध्यक्ष कुमार पोखरेल प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन का केन्द्रीय अध्यक्ष हिक्मत बहादुर बस्नेत नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय समितिकी सदस्य रिता पाठक विद्यालय कर्मचारी परिषद् मोरङका अध्यक्ष शैलेन्द्र ताजपुरिया लगायतले तत्काल २०२८ सालको शिक्षा ऐन विस्थापित गरी संघीय शिक्षा ऐन २०८० ल्याउन सरकारलाई आग्रह गरेका थिए।

त्यसैगरी उनीहरूले विद्यालय कर्मचारी राहत शिक्षक साविक उच्चमावि शिक्षक बालविकास शिक्षक पेन्सन वञ्चित शिक्षक तथा अस्थायी प्रकृतिका सबैका पेशागत स्थायित्वको लागि तत्काल संघीय शिक्षा ऐन २०८० संसदबाट पारित गर्न आग्रह गरेका थिए। स्थायी प्रकृतिका शिक्षक हरूका पनि ग्रेड मर्यादाक्रम नियमित बढुवा शिक्षक अस्पताल मासिक तलब निकासा शिक्षक सरुवा विषयलाई लिएर देखापरेका असन्तुष्टिहरू तत्काल सम्बोधन गर्न नेपाल सरकारलाई अनुरोध गरे। उनीहरूको गुनासो थियो।

पटक-पटक आन्दोलन र सहमति गरेता पनि सरकारको पक्षबाट सहमति तथा सम्झौताको मसी सुक्न नपाउँदै नेपाल सरकारले सहमति त सम्झौतालाई पालना नगरेको गुनासो पोखे । विद्यार्थीहरूको पढ्न पाउने हक तथा अधिकारलाई कतै पनि आघात नपुर्याई आन्दोलनका कार्यक्रमहरु ल्याउनुपर्नेमा सरोकारवाला अभिभावक विद्यार्थी विद्यालय व्यवस्थापन समिति स्थानीय पालिका लगायतले शिक्षकहरुलाई अनुरोध गरेका थिए।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]