०२ भाद्र २०८३, मंगलबार
18-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

१४ वर्षे यात्रामा गोल्डेन अस्पताल: मेडिकल कलेजभन्दा सस्तो र गुणस्तरीय सेवा

Logo
जनचर्चा संवाददाता

बिराटनगर, फागुन १२ ।  पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था गोल्डेन अस्पतालले आइतबार आफ्नाे १४ औं वार्षिकोत्सव मनाएकाे छ । अस्पताल हाताभित्र आयाेजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालले आफ्नाे १४ वर्षे यात्राको उपलब्धि समेत सार्वजनिक गरेको छ ।  स्थापनाकालमा बिराटनगर-७ को भाडाको भवनबाट सुरु भएको अस्पताल आज बिराटनगर-११ जनपथमा १०० शैय्याको आफ्नै अत्याधुनिक भवनमा सञ्चालित रहेकाे छ।

वार्षिकोत्सव कार्यक्रममा अस्पतालले पछिल्लो समय जडान गरिएका कृत्रिम बुद्धिमत्ता (एआई) सहितको १९२-स्लाइस सिटी स्क्यान, एमआरआई, मोड्युलर ओटी, एडभान्स आईसीयू, एनआईसीयू र एचडीसीयू जस्ता अत्याधुनिक प्रविधिहरूको जानकारी दिएको छ। विशेषगरी मेडिकल कलेजभन्दा कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ अस्पताल अघि बढिरहेको समेत जानकारी गराएकाे छ।

“हामीसँग नेपालकै सर्वश्रेष्ठ सुपर स्पेशियालिटी टिम छ,” कार्यक्रममा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “विशेषगरी ट्रमा, न्युरो तथा आरटीए व्यवस्थापनमा हाम्रो टिम अग्रणी छ।” अस्पतालले ल्याप्रोस्कोपिक कोलेसिस्टेक्टोमी (पित्तथैली शल्यक्रिया) को प्याकेज मात्र रु. ३९,५०० मा उपलब्ध गराइरहेको छ। शैक्षिक क्षेत्रमा पनि अस्पतालले कदम बढाएको बारे जानकारी गराउँदै  मंसिर २१ देखि CTEVT-अनुमोदित कलेज सञ्चालन गरी डिप्लोमा इन फार्मेसी, PCL नर्सिङ र PCL जनरल मेडिसिन कार्यक्रम सुरु गरेको जानकारी कार्यक्रममा गराइएको छ।

आगामी योजनाअन्तर्गत अस्पतालले आउँदो वर्षभित्रै मुटुरोगीहरुका लागि क्याथ ल्याब र निःसन्तान दम्पतीहरुका लागि आईभीएफ सेवा सुरु गर्ने जनाएको छ। नेपालका साथै छिमेकी भारतीय राज्यहरू बिहार, उत्तर प्रदेश र पश्चिम बंगालका बिरामीहरूका लागि समेत गोल्डेन अस्पताल पहिलो रोजाइको अस्पताल बन्न सफल भएको विज्ञप्तिमा उल्लेख छ। उत्सवकाे अस्पतालका स‌ंचालकद्वाय आरती राैनियार र डा श्याम राैनियारले संयुक्तरुपमा दिप प्रज्याेलन गरी समुद्घाटन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भदाै १, विराटनगर । गोल फाउण्डेनले पाइलट प्रोजेक्टका रूपमा मानव पुस्तकालयको कार्यक्रम सम्पन्न गरी अब निरन्तर अघि लैजाने याेजना बनाएकाे छ । युवा दिवसको अवसर पारेर गत बुधबार विराटनगरस्थित इलिट क्लबमा  ‘चिया सँग कथा : एक मानव पुस्तकालय अनुभव’ पाइलट कार्यक्रम फाउण्डेशनले आयाेजना गरेकाे थियाे ।  गोल फाउण्डेनले एनवाईसीए विराटनगर र इन्जीनियर्स विथआउट बाेडर्स नेपाल […]

काठमाडाै, साउन २९ । डा. शशांक कोइरालाकाे संयोजकत्वमा  नेपाली कांग्रेसको  राष्ट्रिय भेला आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ। समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन नेता शेरबहादुर देउवाबाट बिहान साढे ११ बजे हुनेछ । साउन ३१ गतेसम्म साे भेला चेल्ने बताइएकाे छ । भेलाका मुख्य अतिथि देउवा लामो समयको उपचारपछि  साउन […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]