२१ पुष २०८२, सोमबार
05-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

१४ वर्षे यात्रामा गोल्डेन अस्पताल: मेडिकल कलेजभन्दा सस्तो र गुणस्तरीय सेवा

Logo
जनचर्चा संवाददाता प्रकाशित सोमबार, फाल्गुण १२, २०८१

बिराटनगर, फागुन १२ ।  पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था गोल्डेन अस्पतालले आइतबार आफ्नाे १४ औं वार्षिकोत्सव मनाएकाे छ । अस्पताल हाताभित्र आयाेजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालले आफ्नाे १४ वर्षे यात्राको उपलब्धि समेत सार्वजनिक गरेको छ ।  स्थापनाकालमा बिराटनगर-७ को भाडाको भवनबाट सुरु भएको अस्पताल आज बिराटनगर-११ जनपथमा १०० शैय्याको आफ्नै अत्याधुनिक भवनमा सञ्चालित रहेकाे छ।

वार्षिकोत्सव कार्यक्रममा अस्पतालले पछिल्लो समय जडान गरिएका कृत्रिम बुद्धिमत्ता (एआई) सहितको १९२-स्लाइस सिटी स्क्यान, एमआरआई, मोड्युलर ओटी, एडभान्स आईसीयू, एनआईसीयू र एचडीसीयू जस्ता अत्याधुनिक प्रविधिहरूको जानकारी दिएको छ। विशेषगरी मेडिकल कलेजभन्दा कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ अस्पताल अघि बढिरहेको समेत जानकारी गराएकाे छ।

“हामीसँग नेपालकै सर्वश्रेष्ठ सुपर स्पेशियालिटी टिम छ,” कार्यक्रममा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “विशेषगरी ट्रमा, न्युरो तथा आरटीए व्यवस्थापनमा हाम्रो टिम अग्रणी छ।” अस्पतालले ल्याप्रोस्कोपिक कोलेसिस्टेक्टोमी (पित्तथैली शल्यक्रिया) को प्याकेज मात्र रु. ३९,५०० मा उपलब्ध गराइरहेको छ। शैक्षिक क्षेत्रमा पनि अस्पतालले कदम बढाएको बारे जानकारी गराउँदै  मंसिर २१ देखि CTEVT-अनुमोदित कलेज सञ्चालन गरी डिप्लोमा इन फार्मेसी, PCL नर्सिङ र PCL जनरल मेडिसिन कार्यक्रम सुरु गरेको जानकारी कार्यक्रममा गराइएको छ।

आगामी योजनाअन्तर्गत अस्पतालले आउँदो वर्षभित्रै मुटुरोगीहरुका लागि क्याथ ल्याब र निःसन्तान दम्पतीहरुका लागि आईभीएफ सेवा सुरु गर्ने जनाएको छ। नेपालका साथै छिमेकी भारतीय राज्यहरू बिहार, उत्तर प्रदेश र पश्चिम बंगालका बिरामीहरूका लागि समेत गोल्डेन अस्पताल पहिलो रोजाइको अस्पताल बन्न सफल भएको विज्ञप्तिमा उल्लेख छ। उत्सवकाे अस्पतालका स‌ंचालकद्वाय आरती राैनियार र डा श्याम राैनियारले संयुक्तरुपमा दिप प्रज्याेलन गरी समुद्घाटन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]

विराटनगर,१७ पुस । हरेक वर्ष पुस १७ गते मनाइँदै आएको राष्ट्रिय पोशाक दिवस आज नेपालसहित विश्वभर रहेका नेपालीहरूले विभिन्न कार्यक्रम गरी मनाएका छन्।विदेशी संस्कृति र पहिरनको बढ्दो प्रभावका कारण नेपाली मौलिकता संकटमा पर्न थालेपछि त्यसको प्रतिकारस्वरूप यो अभियान सुरु गरिएको अभियन्ताहरूले बताएका छन्। ढाका तथा भादगाउँले टोपी नेपालीपनको प्रतीकका रूपमा विश्वभर चिनिएको भन्दै यसको ऐतिहासिक र […]

विराटनगर, पुष १७। मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्। कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना महाशाखाकी उपसचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझा, […]