२५ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

रोकिए युएसएआइडीका सात कार्यक्रम

Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, फाल्गुण १३, २०८१

काठमाडौँ ,१३ फाल्गुन ।  अमेरिकी सहयोग नियोग (युएसएड) बाट नेपालमा सञ्चालित र डिजाइनको क्रममा रहेका ७ वटा कार्यक्रमहरु रोकिएको अर्थ मन्त्रालयले जनाएको छ।

सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले हाल नेपालमा सञ्चालनमा रहेको ४ वटा र डिजाइनको क्रममा रहेका तीन वटा कार्यक्रम रोकिएको जनाएको हो। मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले युएसएडद्वारा प्राप्त अनुदान सहायता नेपाल सरकारको बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चार वटा कार्यक्रमहरु ९० दिनका लागि रोकिएको जानकारी प्राप्त भएको जनाएका हुन्।

उनले जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीनवटा कार्यक्रमहरु डिजाइनकै क्रममा रहेकोमा अमेरिकी राष्ट्रपतिबाट २० जनवरी २०२५ मा जारी कार्यकारी आदेशबमोजिम यी कार्यक्रमहरु समेत रोकिएको जनाए।

मन्त्रालयले नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाले विगत लामो समयदेखि सहयोग गर्दै आएको र युएसएडबाट नेपालमा सन् १९५१ देखि निरन्तर रुपमा सहायता मार्फत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको विज्ञप्तीमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]