१५ कार्तिक २०८२, शुक्रबार
31-10-2025 , Fri
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

विराटनगरमा अन्तर कलेज हाजिरीजवाफ प्रतियोगिता हुँदै

Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, फाल्गुण १४, २०८१

विराटनगर १४ फागुन । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाको आयोजनामा ‘अन्तर कलेज हाजिरीजबाफ’ प्रतियोगिता हुने भएको छ । विराटनगरमा मंगलबार क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी गराएको हो ।

विराटनगरमा फागुन १६ गते हिसान मोरङको सहकार्यमा हुन लागेको अन्तर कलेज हाजिरीजबाफ प्रतियोगितामा १२ वटा निजी तथा सामुदायिक कलेजबीच प्रतिस्पर्धा हुने अध्यक्ष आर्यन बाँस्कोटाले जानकारी दिनुभयो । प्रतियोगितामा पोखरिया मावि, ग्रिनल्याण्ड कलेज, महेन्द्रमेमोरियल स्कुल–दुहवी, सत्यनारायण मावि, दिल्ली पब्लिक स्कुल, अर्किड कलेज (ए), अर्किड कलेज (बी), अरनिको कलेज, मेरिल्याण्ड कलेज, कान्तिपुर कलेज र बिकेभिएम स्कुलबीच प्रतिस्पर्धा हुनेछ ।

सहभागी १२ कलेजमध्ये फाइनल राउण्डमा ४ वटा कजेलबीच प्रतिस्पर्धा हुन्छ । प्रतियोगिताको विजेताले १६ हजार १ सय, उपविजेताले ११ हजार १ सय, तृतीयले ५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल, प्रमाणपत्र र गिफ्ह्याम्पर प्राप्त गर्ने छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]