०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

पुर्व सेना राजाकाे पक्षमा

Logo
जनचर्चा संवाददाता

काठमाडौं, १६ फागुन । नेपाली सेनाका अवकाशप्राप्त महासेनानी डा.महेन्द्रजंग शाहले राजसंस्था पुनर्स्थापना अपरिहार्य भइसकेको बताएका छन् । बिहीबार काठमाडाैंमा आयोजित पत्रकार सम्मेनलाई सम्बोधन गर्दै उनले राष्ट्रवाद र राष्ट्रियताको जग बसाल्ने पृथ्वीनारायण शाहको वंशमा अब देशको शासन सत्ता जानुपर्ने उनले बताए ।

‘पृथ्वीनारायण शाहले नेपाल राज्यको स्थापना गरेकोमा आज त्यसका उत्तराधिकारीलाई यो मुलुकमा शासनाधिकार सम्पन्न गराउनुपर्छ भन्ने हाम्रो दृष्टिकोण रहिआएको छ । राष्ट्रवाद र राष्ट्रियताको जग सिर्जना गरेको बडामहाराज पृथ्वीनारायण शाहको दिव्योपदेशलाई हामीले पृथ्वीपथको रुपमा परिभाषित गरेका छौं,’– उनले भने ।

साथै, श्रेणीविहीन नेताहरुले शासन गरेको कारण आज नेपाल विश्वको सबैभन्दा गरिब देशमा परिणत भएको उनको आरोप छ । आफूहरुले राजसंस्था पुनर्स्थापना गराएरै छाड्ने उनको दाबी छ । ‘हामी राज्यको पुनर्संरचना गर्छौं, राजसंस्थाको पुनर्स्थापना गर्छौं । गणतन्त्रको मूल्याङ्कन गर्छौं, छानविन गर्छौं । हामी यो मुलुकलाई सौर्य, साम्यवादको यात्रामा अगाडि बढाउने प्रतिवद्धताको साथ आम नेपाली दाजुभाइ, दिदीबहिनी आमाबुबालाई यो यात्रामा सहभागी हुन आग्रह गर्न चाहन्छु,’– उनले भने ।

नेपाली सेनाका अवकाशप्राप्त जर्नेल डा.प्रेमसिंह बस्नेतले देशमा अब प्रजातन्त्र र संवैधानिक राजतन्त्र अपरिहार्य बन्दै गएको बताए । उनले अब शाह वंशीय राजतन्त्र नभइ नहुने बताए । उनले नेपाली सेनाका पूर्वप्रधान सेनापतिहरुलाई अब बाहिर निस्कन आग्रह गरे । ‘यो देशमा अब फक्रिएको प्रजातन्त्र, संवैधानिक राजतन्त्र, सनातन हिन्दु धर्म चाहिन्छ, चाहिन्छ । हामी खत्तम भयौं, हाम्रो धर्म, संस्कृति र देश बेचे यी तीन चार वटा टाउकाले,’– बस्न्यातले भने ।

नेपाली सेनाका अवकाशप्राप्त मेजर थमन बस्नेतले अहिले देश प्रश्रव पीडामा रहेको आफूले महशुस गरेको बताए । नेपालको यो अवस्था आउनुमा गणतन्त्रका शासकहरु जिम्मेवार रहेको उनको भनाइ छ । उनले गणतन्त्रलाई आयतित व्यवस्थाको संज्ञा दिए । नेपाललाई माया गर्ने पृथ्वीनारायण शाह र उनका सन्ततीहरुलाई बाइपास गरेर देशको प्रगति हुने कुरामा आफूहरुलाई विश्वास नरहेको उनले बताए ।

‘अहिलेको यो दुर्जन व्यवस्था छ । यसको विरुद्धमा राजाबाट आह्वान पनि भएको छ । यसलाई मनन गर्दै साह्रा देशवासीले एक भएर अगाडि नबढे देशले अझै ठूलो नोक्सान बेहोर्ने छ,’– उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]