०८ कार्तिक २०८२, शुक्रबार
24-10-2025 , Fri
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

पुर्व सेना राजाकाे पक्षमा

Logo
जनचर्चा संवाददाता प्रकाशित शुक्रबार, फाल्गुण १६, २०८१

काठमाडौं, १६ फागुन । नेपाली सेनाका अवकाशप्राप्त महासेनानी डा.महेन्द्रजंग शाहले राजसंस्था पुनर्स्थापना अपरिहार्य भइसकेको बताएका छन् । बिहीबार काठमाडाैंमा आयोजित पत्रकार सम्मेनलाई सम्बोधन गर्दै उनले राष्ट्रवाद र राष्ट्रियताको जग बसाल्ने पृथ्वीनारायण शाहको वंशमा अब देशको शासन सत्ता जानुपर्ने उनले बताए ।

‘पृथ्वीनारायण शाहले नेपाल राज्यको स्थापना गरेकोमा आज त्यसका उत्तराधिकारीलाई यो मुलुकमा शासनाधिकार सम्पन्न गराउनुपर्छ भन्ने हाम्रो दृष्टिकोण रहिआएको छ । राष्ट्रवाद र राष्ट्रियताको जग सिर्जना गरेको बडामहाराज पृथ्वीनारायण शाहको दिव्योपदेशलाई हामीले पृथ्वीपथको रुपमा परिभाषित गरेका छौं,’– उनले भने ।

साथै, श्रेणीविहीन नेताहरुले शासन गरेको कारण आज नेपाल विश्वको सबैभन्दा गरिब देशमा परिणत भएको उनको आरोप छ । आफूहरुले राजसंस्था पुनर्स्थापना गराएरै छाड्ने उनको दाबी छ । ‘हामी राज्यको पुनर्संरचना गर्छौं, राजसंस्थाको पुनर्स्थापना गर्छौं । गणतन्त्रको मूल्याङ्कन गर्छौं, छानविन गर्छौं । हामी यो मुलुकलाई सौर्य, साम्यवादको यात्रामा अगाडि बढाउने प्रतिवद्धताको साथ आम नेपाली दाजुभाइ, दिदीबहिनी आमाबुबालाई यो यात्रामा सहभागी हुन आग्रह गर्न चाहन्छु,’– उनले भने ।

नेपाली सेनाका अवकाशप्राप्त जर्नेल डा.प्रेमसिंह बस्नेतले देशमा अब प्रजातन्त्र र संवैधानिक राजतन्त्र अपरिहार्य बन्दै गएको बताए । उनले अब शाह वंशीय राजतन्त्र नभइ नहुने बताए । उनले नेपाली सेनाका पूर्वप्रधान सेनापतिहरुलाई अब बाहिर निस्कन आग्रह गरे । ‘यो देशमा अब फक्रिएको प्रजातन्त्र, संवैधानिक राजतन्त्र, सनातन हिन्दु धर्म चाहिन्छ, चाहिन्छ । हामी खत्तम भयौं, हाम्रो धर्म, संस्कृति र देश बेचे यी तीन चार वटा टाउकाले,’– बस्न्यातले भने ।

नेपाली सेनाका अवकाशप्राप्त मेजर थमन बस्नेतले अहिले देश प्रश्रव पीडामा रहेको आफूले महशुस गरेको बताए । नेपालको यो अवस्था आउनुमा गणतन्त्रका शासकहरु जिम्मेवार रहेको उनको भनाइ छ । उनले गणतन्त्रलाई आयतित व्यवस्थाको संज्ञा दिए । नेपाललाई माया गर्ने पृथ्वीनारायण शाह र उनका सन्ततीहरुलाई बाइपास गरेर देशको प्रगति हुने कुरामा आफूहरुलाई विश्वास नरहेको उनले बताए ।

‘अहिलेको यो दुर्जन व्यवस्था छ । यसको विरुद्धमा राजाबाट आह्वान पनि भएको छ । यसलाई मनन गर्दै साह्रा देशवासीले एक भएर अगाडि नबढे देशले अझै ठूलो नोक्सान बेहोर्ने छ,’– उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]