२८ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मकालु साहित्य महोत्सवमा विराटनगरका पत्रकार नवोदित सम्मानित

Logo
जनचर्चा संवाददाता प्रकाशित सोमबार, फाल्गुण १९, २०८१

विराटनगर,१९ फाल्गुन / विराटनगरका सक्रिय पत्रकार एवं कवि मीनकुमार नवोदित ‘दक्षिण एशियाली मकालु प्लाटिनम जुबिली युवा साहित्यिक पत्रकारिता सम्मान–२०८१’ बाट सम्मानित भएका छन् । विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणको ७० वर्ष पुगेका अवसरमा संखुवासभाको मकालु गाउँपालिकाले नुमबजारमा आयोजना गरेको चारदिने भव्य समारोहमा नवोदित सम्मानित भएका हुन् । विगत दुई दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारिता क्षेत्रमा सक्रिय रहेका नवोदितका तीनवटा मौलिक कृति प्रकाशित छन् ।

हाल कारोबार दैनिक र साहित्य पोष्टको कोशी प्रदेश संयोजकको जिम्मेवारीमा रहेका उनले विभिन्न सञ्चारमाध्यमको सम्पादकको भूमिकासमेत निर्वाह गरिसकेका छन् । नवोदितले आफ्ना सिर्जनामा पहाडी ग्रामीण जनजीवनका विषय उठान गर्नुका साथै पत्रकारितामार्फत साहित्यिक तथा सांस्कृतिक विषयलाई आमजनतामाझ पु¥याएका कारण महोत्सवको अवसर पारेर सम्मान गरिएको महोत्सवको संयोजन गरेको मकालु साहित्य समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले बताए ।

महोत्सवमा वरिष्ठ गायक एवं संगीतकार बुलु मुकारुङ र भारतको आसममा बसेर नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा लामो समयदेखि सक्रिय रण काफ्लेलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री दीपक खड्का, वरिष्ठ साहित्यकार डा. पुष्करदेव भट्ट, मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दी छिरीङ शेर्पा, उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनकला राई, प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर दर्जी, मकालु साहित्य समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
गत बुधबारदेखि सुरु भएको दक्षिण एशियाली साहित्यिक सांस्कृतिक महोत्सव शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्राज्ञ रमेशरञ्जन झा, खेम नेपाली, बुलु मुकारुङलगायतले मन्तव्य राखेको कार्यक्रममा डा. नीना राई, डा. साङ्मु लेप्चा, लुइस विष्ट, भरत गुरागाईं बर्बरिक, रोहिणी रसिक, विवश बलिभद्र कोइराला, विष्णु न्यौपाने, वीरेश राई, सूर्यनारायण श्रेष्ठ, सुरज माझी, कृष्ण ढुंगेल, सनम थापा, कृष्ण चापागाईं, मीन नेपाली, सुमन रानीलगायत तीन दर्जनभन्दा बढी स्रष्टाहरूले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

कार्यक्रमले मकालु गाउँपालिकालाई मात्रै नभएर सिंगो संखुवासभालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुगेको बुढाथोकीले बताए । पहिलोपटक भएको महोत्सवले यस क्षेत्रको धार्मिक, सांस्कृतिक र साहित्यिक विकाससँगै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो । चारदिने महोत्सवले नेपाल, भारत, भुटान र बंगलादेशका स्रष्टाहरुलाई जोड्ने काम पनि गरेको बुढाथोकीले बताए ।

कार्यक्रमलाई भव्य बनाउन गाउँपालिकाकी उपाध्यक्ष मनकला राईको संयोजकत्वमा आयोजक समितिसमेत बनाइएको थियो । महोत्सवमा भलिबल प्रतियोगिता, नाटक मञ्चन, विभिन्न लोकदोहोरी, झाँकी प्रदर्शन, स्थानीय उत्पादनको स्टल, साहित्यिक–सांस्कृतिक कार्यक्रम, विभिन्न पुस्तक विमोचनलगायतका कार्यक्रम भएको संयोजक राईले जानकारी दिइन् ।

कार्यक्रम ऐतिहासिक र भव्य रुपमा सम्पन्न भएको संयोजक राईले बताइन् । महोत्सवमा नेपालसहित भारत, बंगलादेश र भुटानका स्रष्टाहरूले सहभागिता जनाएका थिए । विश्वको पाँचौं अग्लो हिमाल मकालुको उचाई ८४६३ मिटर रहेको छ । मकालु हिमालको शिखरमा मानव पाइला टेकेको ७० वर्ष पूरा भएको अवसरमा चारदिने भव्य कार्यक्रम भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]