०६ माघ २०८२, सोमबार
19-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरमा “गल्स अन ह्विल” प्रतियोगिता आयोजना हुँदै

Logo
जनचर्चा संवाददाता

विराटनगर, फागुन २२ – अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर विराटनगरमा “गल्स अन ह्विल” प्रतियोगिता आयोजना हुने भएको छ। विराटनगर प्राइम राउन्ड टेबल-१० को आयोजनामा  फागुन २४ गते साे प्रतियोगिता हुने जानकारी दिइएको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले यस पाँचौं संस्करणको प्रतियोगितामा महिलाहरूले मात्र भाग लिन पाउने बताएको छ। आयोजक समितिका अध्यक्ष भास्कर सोनीले एक स्कुटरमा दुई जनाको दरले कुल १०० स्कुटर सहभागी गराउने लक्ष्य राखिएको जानकारी दिए। सहभागीहरूलाई १,५०० रुपैयाँ दर्ता शुल्क लाग्नेछ।

प्रतियोगिता विराटनगरको विभिन्न १० स्थानमा हुनेछ, जहाँ प्रत्येक स्थानमा प्रतियोगीहरूले संकेतका आधारमा टास्कहरू पूरा गर्नुपर्नेछ। टास्क पूरा गरेपछि प्राप्त अंकका आधारमा विजेता घोषणा गरिनेछ।

सिटी प्यालेसबाट सुरु हुने यो प्रतियोगिता त्यहीँ समापन हुनेछ। प्रथम स्थान प्राप्त गर्ने टिमले ६० हजार रुपैयाँ नगदसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। त्यसैगरी दोस्रो र तेस्रो स्थान हासिल गर्नेले क्रमश: ४० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कारका साथै अन्य उपहार प्राप्त गर्नेछन्।

आयोजक समितिका अनुसार प्रतियोगितामा मनोरञ्जनात्मक कार्यक्रमहरू पनि समावेश गरिनेछ। कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, फुड स्टल, फेस पेन्टिङजस्ता गतिविधिहरू रहनेछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]