२८ पुष २०८२, सोमबार
12-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा अपांगता भएका महिलाहरूका लागि समानता र अधिकार सम्पन्नताको पैरवी

Logo
आकृति रानी फुयल प्रकाशित शनिबार, फाल्गुण २४, २०८१

बिराटनगर, फागुन २४ ।  ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस-२०२५ को पूर्वसन्ध्यामा बिहिबार अपांगता भएका महिलाहरुमाथि हुने हिंसा सम्बन्धि सचेतना गोष्ठी सम्पन्न भएको छ।

राष्ट्रिय अपांग महासंघ, कोशी प्रदेश र सामाजिक विकास मन्त्रालयको सहकार्यमा आयोजित उक्त कार्यक्रमको उद्घाटन मन्त्रालयकी महाशाखा प्रमुख एवं सहायक सचिव दुर्गा भण्डारी बरालले ब्यानर पढेर गरेकी थिइन्। उनले महिलाहरुका विषयहरुलाई ध्यानकेन्द्रित गरी अपांगता भएका महिलाहरुलाई एउटा छुट्टै अनि विशेष कार्यक्रमको आयोजना गर्नुपर्ने महसुस भएकोले यो गोष्ठी आयोजना गरिएको जानकारी दिइन्।

गोष्ठीको अध्यक्षता सङ्गसङ्गै सहजीकरण राष्ट्रिय अपांग महासंघ, कोशी प्रदेशकी उपाध्यक्ष एवं राष्ट्रिय अपांग कोषकी सह-सचिव भिमा खतिवडाले गरेकी थिइन्। सहजीकरणको क्रममा खतिवडाले अपांगता भएका व्यक्तिहरुले भोग्नुपरेका समस्याहरु, अपांगता भएका महिलाले भोग्नुपरेका वर्तमान अवरोधहरु जस्तै भौतिक, संचारगत, सहभागितात्मक अवरोधहरु र अपांगता भएका महिलाहरुको सहभागिताको लागि राज्यले सम्बोधन गर्नुपर्ने सवालहरुमा सहभागीहरुलाई सचेतना गराइन्।

कार्यक्रममा  कोशी अस्पतालकी एकद्वार संकट प्रणाली व्यवस्थापक रिता दहालले अपांगता भएका व्यक्तिहरु, विशेषगरी महिलालाई हिंसामा नपर्न वा सोबाट जोगिन स्वयं व्यक्तिका अभिभावकले साथ नदिए अपांगता भएका व्यक्तिहरुलाई आउने संकटमा काम गर्न कठिनाई हुने बताइन्। उनले स्वास्थ्य सेवामा पहुँच गराउन समेत आफूहरुले प्रहरी, सेफ हाउस लगायतका विभिन्न निकायको सहयोग लिएर काम गरिरहेको जानकारी दिइन्।

जिल्ला प्रहरी कार्यालय, मोरङ्गकी प्रहरी निरीक्षक एवं महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र (महिला सेल) इन्चार्ज प्र.नि. रचिता चौधरी यादवले महिला हिंसा सम्बन्धि न्याय सम्पादन प्रक्रियामा नेपाल प्रहरीको अभ्यास, महिला अधिकारकर्मीको भूमिका, कानुनी प्रक्रिया र अनुसन्धान, घटना व्यवस्थापन गर्दा आउने चुनौतीहरु लगायतका विषयमा जानकारी दिइन्। उनले महिला सेलमा प्राप्त हुने उजुरीका विषयहरु बारे जानकारी दिंदै यदि आफू हिंसामा परेको महसुस हुन्छ भने प्रहरीमा उजुरी दर्ता गराउन सबैलाई सुझाव दिंदै कानुन बमोजिम आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

हिंसा सम्बन्धि नीतिगत तथा कानुनी व्यवस्थाहरु बारे सचेत गराउनका लागि न्यायक्षेत्रका व्यक्त्विहरुकाे समेत उपस्थिती रहकाे थियाे। उनहरु0ले महिला हिंसा विषयमा भएका कानुनी व्यवस्थाहरु, अन्तर्राष्ट्रिय कानुन, हिंसाका स्वरूप र प्रकार, नागरिक समाजको भूमिका, प्रहरीको भूमिका, एकद्वार संकट प्रणालीको भूमिका, न्यायिक समितिको भूमिका, न्याय सम्पादन प्रकृया लगायतका विषयहरुमा जानकारी दिएका थिए।

महासंघका सदस्य सचिव एवं लोकतान्त्रिक अपांग संघ, कोशी प्रदेशका अध्यक्ष गोपालमान थापाले स्वागत मन्तव्य राखेर सुरु भएको उक्त कार्यक्रम अन्त्यमा उनैले प्रदेश स्तरबाट नेतृत्वदायी भूमिकामा रहेर काम गर्ने व्यक्तिहरुमध्ये प्रतिनिधिमूलक केही सीमित महिलाहरुको सहभागिता गराएर कार्यक्रम आयोजना गरिएको जानकारी दिंदै समापन भएको घोषणा गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]

विराटनगर,१७ पुस । हरेक वर्ष पुस १७ गते मनाइँदै आएको राष्ट्रिय पोशाक दिवस आज नेपालसहित विश्वभर रहेका नेपालीहरूले विभिन्न कार्यक्रम गरी मनाएका छन्।विदेशी संस्कृति र पहिरनको बढ्दो प्रभावका कारण नेपाली मौलिकता संकटमा पर्न थालेपछि त्यसको प्रतिकारस्वरूप यो अभियान सुरु गरिएको अभियन्ताहरूले बताएका छन्। ढाका तथा भादगाउँले टोपी नेपालीपनको प्रतीकका रूपमा विश्वभर चिनिएको भन्दै यसको ऐतिहासिक र […]

विराटनगर, पुष १७। मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्। कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना महाशाखाकी उपसचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझा, […]