०३ भाद्र २०८३, बुधबार
19-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा अपांगता भएका महिलाहरूका लागि समानता र अधिकार सम्पन्नताको पैरवी

Logo
आकृति रानी फुयल

बिराटनगर, फागुन २४ ।  ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस-२०२५ को पूर्वसन्ध्यामा बिहिबार अपांगता भएका महिलाहरुमाथि हुने हिंसा सम्बन्धि सचेतना गोष्ठी सम्पन्न भएको छ।

राष्ट्रिय अपांग महासंघ, कोशी प्रदेश र सामाजिक विकास मन्त्रालयको सहकार्यमा आयोजित उक्त कार्यक्रमको उद्घाटन मन्त्रालयकी महाशाखा प्रमुख एवं सहायक सचिव दुर्गा भण्डारी बरालले ब्यानर पढेर गरेकी थिइन्। उनले महिलाहरुका विषयहरुलाई ध्यानकेन्द्रित गरी अपांगता भएका महिलाहरुलाई एउटा छुट्टै अनि विशेष कार्यक्रमको आयोजना गर्नुपर्ने महसुस भएकोले यो गोष्ठी आयोजना गरिएको जानकारी दिइन्।

गोष्ठीको अध्यक्षता सङ्गसङ्गै सहजीकरण राष्ट्रिय अपांग महासंघ, कोशी प्रदेशकी उपाध्यक्ष एवं राष्ट्रिय अपांग कोषकी सह-सचिव भिमा खतिवडाले गरेकी थिइन्। सहजीकरणको क्रममा खतिवडाले अपांगता भएका व्यक्तिहरुले भोग्नुपरेका समस्याहरु, अपांगता भएका महिलाले भोग्नुपरेका वर्तमान अवरोधहरु जस्तै भौतिक, संचारगत, सहभागितात्मक अवरोधहरु र अपांगता भएका महिलाहरुको सहभागिताको लागि राज्यले सम्बोधन गर्नुपर्ने सवालहरुमा सहभागीहरुलाई सचेतना गराइन्।

कार्यक्रममा  कोशी अस्पतालकी एकद्वार संकट प्रणाली व्यवस्थापक रिता दहालले अपांगता भएका व्यक्तिहरु, विशेषगरी महिलालाई हिंसामा नपर्न वा सोबाट जोगिन स्वयं व्यक्तिका अभिभावकले साथ नदिए अपांगता भएका व्यक्तिहरुलाई आउने संकटमा काम गर्न कठिनाई हुने बताइन्। उनले स्वास्थ्य सेवामा पहुँच गराउन समेत आफूहरुले प्रहरी, सेफ हाउस लगायतका विभिन्न निकायको सहयोग लिएर काम गरिरहेको जानकारी दिइन्।

जिल्ला प्रहरी कार्यालय, मोरङ्गकी प्रहरी निरीक्षक एवं महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र (महिला सेल) इन्चार्ज प्र.नि. रचिता चौधरी यादवले महिला हिंसा सम्बन्धि न्याय सम्पादन प्रक्रियामा नेपाल प्रहरीको अभ्यास, महिला अधिकारकर्मीको भूमिका, कानुनी प्रक्रिया र अनुसन्धान, घटना व्यवस्थापन गर्दा आउने चुनौतीहरु लगायतका विषयमा जानकारी दिइन्। उनले महिला सेलमा प्राप्त हुने उजुरीका विषयहरु बारे जानकारी दिंदै यदि आफू हिंसामा परेको महसुस हुन्छ भने प्रहरीमा उजुरी दर्ता गराउन सबैलाई सुझाव दिंदै कानुन बमोजिम आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

हिंसा सम्बन्धि नीतिगत तथा कानुनी व्यवस्थाहरु बारे सचेत गराउनका लागि न्यायक्षेत्रका व्यक्त्विहरुकाे समेत उपस्थिती रहकाे थियाे। उनहरु0ले महिला हिंसा विषयमा भएका कानुनी व्यवस्थाहरु, अन्तर्राष्ट्रिय कानुन, हिंसाका स्वरूप र प्रकार, नागरिक समाजको भूमिका, प्रहरीको भूमिका, एकद्वार संकट प्रणालीको भूमिका, न्यायिक समितिको भूमिका, न्याय सम्पादन प्रकृया लगायतका विषयहरुमा जानकारी दिएका थिए।

महासंघका सदस्य सचिव एवं लोकतान्त्रिक अपांग संघ, कोशी प्रदेशका अध्यक्ष गोपालमान थापाले स्वागत मन्तव्य राखेर सुरु भएको उक्त कार्यक्रम अन्त्यमा उनैले प्रदेश स्तरबाट नेतृत्वदायी भूमिकामा रहेर काम गर्ने व्यक्तिहरुमध्ये प्रतिनिधिमूलक केही सीमित महिलाहरुको सहभागिता गराएर कार्यक्रम आयोजना गरिएको जानकारी दिंदै समापन भएको घोषणा गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]