१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

लेदोयुक्त खानेपानीविरुद्ध स्थानीयको आक्रोश, वडा ४मा तालाबन्दी

Logo
जनचर्चा संवाददाता

विराटनगर, फागुन २८। खानेपानी संस्थान विराटनगरबाट वितरित पानीमा लेदो र धमिलोपन देखिएपछि विराटनगर-४ का स्थानीयवासीले मंगलबार वडा कार्यालयमा तालाबन्दी गरी प्रदर्शन गरेका छन्। विराेधका लागी स्थानीयहरुले लेदोयुक्त पानी बोकेरै वडा कार्यालय अगाडि प्रदर्शन गरेका थिए। स्थानीयहरूले वडाध्यक्ष, मेयर र खानेपानी संस्थानका प्रमुखहरूलाई यही पानी पिउन लगाउनुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए।

 स्थानीय अगुवा त्रिलोचन गौतमका अनुसार विगत दुई वर्षदेखि लेदोसहितको पानी आइरहेको छ। गौतमले पानी जस्तो स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषयमा राज्यले वर्षौंदेखि हेलचक्र्याइँ गरिरहेको बताए। उनले यथाशीघ्र समस्या समाधान नभए वडादेखि पालिकासम्म घेराउ गर्ने चेतावनी समेत दिए।

स्थानीयहरू धाराको पानी प्रयोग गर्न नसकेपछि आफैंले जडान गरेको वा छिमेकीको ट्युबेलको पानी पिउन बाध्य भएका छन्। आर्थिक क्षमता भएकाहरूले बोतल र जारको पानी किनेर प्रयोग गर्दैछन्। खानेपानी समस्याबारे पटक-पटक जनप्रतिनिधिलाई जानकारी गराउँदा पनि वास्ता नगरेपछि वडामा तालाबन्दी गर्न बाध्य भएको गौतमको भनाइ छ।

तालाबन्दीपछि स्थानीयवासी लेदोयुक्त पानी लिएर मेयर नागेश कोईरालाको कार्यकक्षमा छलफलका लागि पुगेका थिए। खानेपानी संस्थानका प्रमुख सन्तोष रोनियारसमेत उपस्थित डेढ घण्टाको छलफलपछि महानगरले तत्काल जग्गा खोजेर कार्यपालिकाको बैठकबाट समस्या समाधान गर्ने मेयरले बताए।

खानेपानी संस्थानका प्रमुख रोनियारले बोरिङसँगै फिल्टर नहुँदा आइरनयुक्त पानी वितरण भएको स्वीकारे। फिल्टर प्लान्ट राख्न जग्गा नपाउँदा समस्या उत्पन्न भएको र जग्गा पाउनासाथ टेन्डर आह्वान गरी प्लान्ट राख्ने उनको भनाइ छ। वडाध्यक्ष जितेन थापाले वडाको पुरानो भवन प्रयोग गर्न सुझाव दिए पनि महानगरले उक्त स्थान कमर्सियल जग्गा भएकाले अस्वीकार गरेको छ। महानगरमा भएको छलफलपछि वडा कार्यालयको ताला खोलिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]