२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

चिन्न जीयर स्वामीद्धारा विराटनगरमा धार्मिक प्रवचन

Logo
जनचर्चा संवाददाता

विराटनगर,३ चैत्र । विराटनगरमा वैदिक सनातन धर्मको वैज्ञानिकता र आजको समाज विषयक धार्मिक प्रवचन सम्पन भएको छ । शनिबार श्री श्री श्री चिन्न जीयर स्वामी महाराजले दिनुभएको प्रवचनमा कोशी प्रदेशका विभिन्न धर्मानुराघीहरूको सहभागीता रहेको थियो ।

प्रवचन कार्यक्रममा बेद र सनातन धर्मले अगालेका विषयहरूनै मानव जीवनका लागि मोक्ष पाउने उत्तम बाटो भएको बताइयो । बेदले भनेको विषयलाई अहिलेको विज्ञानले समेत अंगिकार गरेको भन्दै स्वामीले सनातन धर्म र बेदको रक्षा गर्नुपर्ने बताउनु भयो । उहाँले गौं रक्षाका लागि लाग्न पनि आग्रह गर्नुभयो । सनातन धर्मले बताएको वर्तमान र भविष्य विज्ञान भन्दा माथि रहेको उहाँको भनाइ थियो । वैदिक सनातनलाईनै विज्ञानले अंगिकार गर्दै अनुसन्धान गरिरहेको र सोही अनुसारनै रहेको प्रमाणित हुदै गएको दावी उहाँको थियो ।

उहाँले आफ्नो जीवनलाई बदल्न अन्यकुराले शान्ति नदिने बताउनु भयो । वैदिक धर्म र सनातन कर्मले मानिसलाई सत्कर्ममा जोड्ने भएकाले आफ्ना् स्वधर्म नछोड्न आग्रह गर्नुभयो । मानिसले जसरी भोक लागेको कुरा देखाउन सक्दैन त्यस्तै भगवान पनि देख्न नसकिने तर अनुभुती गर्न सकिने उहाँको भनाइ थियो ।

प्रवचन कार्यक्रममा विराटनगर महानगरका मेयर नागेश कोइराला,मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,धार्मिक अभियन्ता इन्दिरा रिजाल,सुरेश शर्मा, श्याम पौडेल,उद्योगी तथा सामाजिक अभियन्ता राजेन्द्र राउत,पर्यटन व्यवसायी भविश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

यही चैत्र १ देखि ५ गतेसम्म कञ्चनबारी पिपलचोकमा रहेको लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ भइरहेको छ  । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खतिवडाले यो अभियानको नेतृत्व गरिरहेका छन् । उनले जीयर स्वामीको विशेष तत्वावधानमा कार्यक्रम भइरहेको बताए । सोही कार्यक्रम अन्तरगत कोशी प्रदेशका प्रवुद्ध व्यक्तिहरु संग धार्मिक प्रवचन गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]