११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

चिन्न जीयर स्वामीद्धारा विराटनगरमा धार्मिक प्रवचन

Logo
जनचर्चा संवाददाता

विराटनगर,३ चैत्र । विराटनगरमा वैदिक सनातन धर्मको वैज्ञानिकता र आजको समाज विषयक धार्मिक प्रवचन सम्पन भएको छ । शनिबार श्री श्री श्री चिन्न जीयर स्वामी महाराजले दिनुभएको प्रवचनमा कोशी प्रदेशका विभिन्न धर्मानुराघीहरूको सहभागीता रहेको थियो ।

प्रवचन कार्यक्रममा बेद र सनातन धर्मले अगालेका विषयहरूनै मानव जीवनका लागि मोक्ष पाउने उत्तम बाटो भएको बताइयो । बेदले भनेको विषयलाई अहिलेको विज्ञानले समेत अंगिकार गरेको भन्दै स्वामीले सनातन धर्म र बेदको रक्षा गर्नुपर्ने बताउनु भयो । उहाँले गौं रक्षाका लागि लाग्न पनि आग्रह गर्नुभयो । सनातन धर्मले बताएको वर्तमान र भविष्य विज्ञान भन्दा माथि रहेको उहाँको भनाइ थियो । वैदिक सनातनलाईनै विज्ञानले अंगिकार गर्दै अनुसन्धान गरिरहेको र सोही अनुसारनै रहेको प्रमाणित हुदै गएको दावी उहाँको थियो ।

उहाँले आफ्नो जीवनलाई बदल्न अन्यकुराले शान्ति नदिने बताउनु भयो । वैदिक धर्म र सनातन कर्मले मानिसलाई सत्कर्ममा जोड्ने भएकाले आफ्ना् स्वधर्म नछोड्न आग्रह गर्नुभयो । मानिसले जसरी भोक लागेको कुरा देखाउन सक्दैन त्यस्तै भगवान पनि देख्न नसकिने तर अनुभुती गर्न सकिने उहाँको भनाइ थियो ।

प्रवचन कार्यक्रममा विराटनगर महानगरका मेयर नागेश कोइराला,मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,धार्मिक अभियन्ता इन्दिरा रिजाल,सुरेश शर्मा, श्याम पौडेल,उद्योगी तथा सामाजिक अभियन्ता राजेन्द्र राउत,पर्यटन व्यवसायी भविश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

यही चैत्र १ देखि ५ गतेसम्म कञ्चनबारी पिपलचोकमा रहेको लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ भइरहेको छ  । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खतिवडाले यो अभियानको नेतृत्व गरिरहेका छन् । उनले जीयर स्वामीको विशेष तत्वावधानमा कार्यक्रम भइरहेको बताए । सोही कार्यक्रम अन्तरगत कोशी प्रदेशका प्रवुद्ध व्यक्तिहरु संग धार्मिक प्रवचन गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]