०८ कार्तिक २०८२, शुक्रबार
24-10-2025 , Fri
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

गिरी र तामाङलाई पछि पार्दै थापा बने नेपालप्रहरीकाे आईजी

Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, चैत्र ०४, २०८१

विराटनगर, चैत ५ । सरकारले नेपाल प्रहरीको ३१ औं महानिरीक्षक (आईजी) पदमा दीपक थापालाई नियुक्त गरेको छ। थापा यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुखको रूपमा कार्यरत थिए।

आईजी पदको प्रतिस्पर्धामा एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ पनि थिए। थापाले २०८२ भदौ १८ गतेसम्म नेपाल प्रहरी संगठनको नेतृत्व गर्नेछन्। थापाले २०५२ भदौ १९ मा इन्स्पेक्टर पदबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। २०७९ फागुन २६ मा उनी एआईजी पदमा सिफारिस भएका थिए र चैत ६ को मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]