०७ पुष २०८२, सोमबार
22-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

सरकारी अधिकारी र मन्त्रीबीच मेतभेद: लोड सेडिङ घरघरमा हुने की उद्योगमा मात्र?

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, चैत्र ०६, २०८१

काठमाडाैं, चैत ७ । भारतबाट १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि नेपालमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ। विशेषगरी औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ हुन थालेको छ। यही बीच ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विद्युत् कटौतीको विषयमा मतभिन्नता देखिएको छ।

ऊर्जामन्त्री खड्काले राष्ट्रिय सभाको बैठकमा स्पष्ट रूपमा उल्लेख गरे कि “अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ।” उनका अनुसार भारतबाट ८३० मेगावाट बिजुली आयात र १,००० मेगावाट मात्रै आन्तरिक उत्पादन भएकाले यस्तो अवस्था सिर्जना भएको हो।

तर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने आमजनताको घरमा लोडसेडिङ नहुने दाबी गरेका छन्। उनको भनाइमा बक्यौता नतिर्ने उद्योगहरूलाई प्राथमिकतामा राखी राति बिजुली कटौती गरेर भए पनि घरघरमा बिजुली पुर्‍याइने छ। “कुलेखानी र अन्य अर्धजलाशययुक्त आयोजना साँझ र राति मात्रै चलाइरहेका छौं। आन्तरिक उत्पादन नै राति १२०० मेगावाटभन्दा बढी हुन्छ।” घिसिङले भने। स्राेत अनुसार भारतले चैत ३ देखि दिनको १२ घण्टा मात्रै बिजुली आयात गर्न दिएको कारण यस्तो समस्या सिर्जना भएको हो। साँझको समयमा आयात गर्न नपाउँदा बिजुली व्यवस्थापनमा चुनौती थपिएको छ।

प्राधिकरणका अनुसार हाल १,९३५ मेगावाट आन्तरिक माग रहेकोमा १,४६१ मेगावाट आन्तरिक उत्पादन र १०० मेगावाट आयात भइरहेको छ। तर माग र आपूर्तिबीचको अन्तरले औद्योगिक क्षेत्रमा चरम समस्या सिर्जना गरेको छ। वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगीहरूले उत्पादन ५० प्रतिशतसम्म घटेको र बिजुली ट्रिपिङको समस्याले उद्योग थप प्रभावित भएको गुनासो गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]