०२ भाद्र २०८३, मंगलबार
18-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सरकारी अधिकारी र मन्त्रीबीच मेतभेद: लोड सेडिङ घरघरमा हुने की उद्योगमा मात्र?

Logo
जनचर्चा संवाददाता

काठमाडाैं, चैत ७ । भारतबाट १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि नेपालमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ। विशेषगरी औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ हुन थालेको छ। यही बीच ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विद्युत् कटौतीको विषयमा मतभिन्नता देखिएको छ।

ऊर्जामन्त्री खड्काले राष्ट्रिय सभाको बैठकमा स्पष्ट रूपमा उल्लेख गरे कि “अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ।” उनका अनुसार भारतबाट ८३० मेगावाट बिजुली आयात र १,००० मेगावाट मात्रै आन्तरिक उत्पादन भएकाले यस्तो अवस्था सिर्जना भएको हो।

तर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने आमजनताको घरमा लोडसेडिङ नहुने दाबी गरेका छन्। उनको भनाइमा बक्यौता नतिर्ने उद्योगहरूलाई प्राथमिकतामा राखी राति बिजुली कटौती गरेर भए पनि घरघरमा बिजुली पुर्‍याइने छ। “कुलेखानी र अन्य अर्धजलाशययुक्त आयोजना साँझ र राति मात्रै चलाइरहेका छौं। आन्तरिक उत्पादन नै राति १२०० मेगावाटभन्दा बढी हुन्छ।” घिसिङले भने। स्राेत अनुसार भारतले चैत ३ देखि दिनको १२ घण्टा मात्रै बिजुली आयात गर्न दिएको कारण यस्तो समस्या सिर्जना भएको हो। साँझको समयमा आयात गर्न नपाउँदा बिजुली व्यवस्थापनमा चुनौती थपिएको छ।

प्राधिकरणका अनुसार हाल १,९३५ मेगावाट आन्तरिक माग रहेकोमा १,४६१ मेगावाट आन्तरिक उत्पादन र १०० मेगावाट आयात भइरहेको छ। तर माग र आपूर्तिबीचको अन्तरले औद्योगिक क्षेत्रमा चरम समस्या सिर्जना गरेको छ। वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगीहरूले उत्पादन ५० प्रतिशतसम्म घटेको र बिजुली ट्रिपिङको समस्याले उद्योग थप प्रभावित भएको गुनासो गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]

भदाै १, विराटनगर । गोल फाउण्डेनले पाइलट प्रोजेक्टका रूपमा मानव पुस्तकालयको कार्यक्रम सम्पन्न गरी अब निरन्तर अघि लैजाने याेजना बनाएकाे छ । युवा दिवसको अवसर पारेर गत बुधबार विराटनगरस्थित इलिट क्लबमा  ‘चिया सँग कथा : एक मानव पुस्तकालय अनुभव’ पाइलट कार्यक्रम फाउण्डेशनले आयाेजना गरेकाे थियाे ।  गोल फाउण्डेनले एनवाईसीए विराटनगर र इन्जीनियर्स विथआउट बाेडर्स नेपाल […]