१३ भाद्र २०८३, शनिबार
29-08-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

यातायात विराटनगरमा १२ बिचाैलिया पक्राउ, कर्मचारीबारे पनि अनुसन्धान गर्न दवाब

Logo
जनचर्चा संवाददाता

विराटनगर, १२ चैत । मोरङ प्रहरीले विराटनगर यातायात कार्यालय अगाडि बिचौलियाको रूपमा काम गर्ने १२ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी बेदप्रकाश जोशीका अनुसार सेवाग्राहीलाई ठगी गरेको गुनासो आएपछि यी व्यक्तिहरू पक्राउ गरिएका हुन्।

पक्राउ परेकाहरूमा विराटनगर महानगरपालिका-३ का ४१ वर्षीय सञ्जीव कोइराला, सोही वडाका २४ वर्षीय राजेश खड्का, २५ वर्षीय गौरव कुमार माझी र ३७ वर्षीय राजु कोइराला छन्। त्यस्तै दुहबी नगरपालिका-११ का २७ वर्षीय युवराज लम्साल, विराटनगर महानगरपालिका-५ का ३१ वर्षीय अनिल बस्नेत, विराटनगर महानगरपालिका-४ का २२ वर्षीय राजीव मण्डल, बर्जु गाउँपालिका-६ का २७ वर्षीय प्रवीण कुमार थन्दार, कटहरी गाउँपालिका-१ का ३७ वर्षीय भागवत राजबंशी, बुढिगंगा गाउँपालिका-२ का ५० वर्षीय उदय कार्की, बुढिगंगा गाउँपालिका-१ का २१ वर्षीय सुनील दाहाल र विराटनगर महानगरपालिका-३ का २९ वर्षीय अजय कुमार मण्डल रहेका छन्।

पछिल्लाे समय बिचौलियाहरूसँगको मिलेमतोमा यातायातकाे कर्मचारीहरूले सेवाग्राहीबाट माेटाे घुस लिने गरेको जनगुनासाे समेत छ। यस विषयमा प्रहरीलाई अनुसन्धान गर्न चर्को दवाब पनि रहेको छ। तर पहिलेका अधिकांश अनुसन्धानहरू प्रभाव र मिलेमतोका कारण कर्मचारीकाे विषयमा प्रहरी चुपचाप रहेकाे पाईएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]