२४ मंसिर २०८२, मंगलबार
09-12-2025 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

नेपाली सेनामा भर्ना खुल्यो, २६ सय फाैजीकाे माग

Logo
जनचर्चा संवाददाता प्रकाशित शनिबार, चैत्र २९, २०८१

काठमाडौँ,३० चैत । नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै २६०० भन्दा बढी जनशक्ति माग गरेको हो।

स्वीकृत दरबन्दीभित्र रहेका सैन्य पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी आवेदन आह्वान गरिएको भन्दै सेनाले तोकिएको भर्ना केन्द्रमा फाराम बुझाउन अनुरोध गरेको छ । इच्छुक उम्मेदवारले वैशाख २७ भित्र आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र पनि आवेदन दिन सक्नेछन् ।

योग्यताका हकमा कक्षा ८ पास गरेकाले पनि आवेदन दिन सक्नेछन् । यस्तै उचाइ न्यूनतम ५ फिट ३ इन्च पुरुषको हकमा हुनुपर्नेछ भने महिलाको हकमा ५ फिट हुनुपर्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]