२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

२०८२ प्रारम्भ

Logo
जनचर्चा संवाददाता

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मठ मन्दिरमा गई पूजा आराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, साउन २९ । डा. शशांक कोइरालाकाे संयोजकत्वमा  नेपाली कांग्रेसको  राष्ट्रिय भेला आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ। समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन नेता शेरबहादुर देउवाबाट बिहान साढे ११ बजे हुनेछ । साउन ३१ गतेसम्म साे भेला चेल्ने बताइएकाे छ । भेलाका मुख्य अतिथि देउवा लामो समयको उपचारपछि  साउन […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]

विराटनगर, साउन २७ । लायन्स क्लब अफ विराटनगरको आयोजनामा सञ्चालन भइरहेको लायन्स सर्भिस विक अन्तर्गत  विद्यार्थीहरूको वक्तृत्वकला, आत्मविश्वास तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले एक्सटेम्पोर स्पिच प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न १२ वटा विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्ण सहभागिता जनाएका थिए। प्रतियोगितामा विद्यार्थीहरूले तत्काल विषयवस्तु प्राप्त गरी आफ्नो विचार प्रस्तुत गर्दै वक्तृत्वकला, तार्किक क्षमता, आत्मविश्वास तथा […]