०६ माघ २०८२, सोमबार
19-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

उत्पादनदेखि बजारीकरणसम्म झापा र सुनसरीका व्यवसायीहरुले सहकार्य गर्ने

Logo
जनचर्चा संवाददाता

झापा,११ वैशाख  । व्यवसायलाई थप चलायमान बनाउन झापा र सुनसरीका व्यवसायीहरुले व्यवसाय प्रवद्र्धनका लागि असल अभ्यास साटासाट गर्ने भएका छन् ।

बिर्तामोडका व्यवसायी र सुनसरीको धरानका व्यवसायीबीच व्यवसाय  प्रवर्धनकालागि असल अभ्यास साटासाट गर्ने भएका हुन् । कोभिडपछि सुस्ताएको व्यवसायलाई  चलायमान बनाउँदै महिलाहरुलाई आर्थिक उर्पाजनमा समेत थप टेवा पु¥याउने उद्धेश्यले उत्पादनदेखि बजारीकरणसम्मका लागि झापा र सुनसरीका व्यवसायीहरुले सहकार्य गर्ने भएका हुन् । जसका लागि बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी समूह र सुनसरी उद्योग वाणिज्य संघ धरानका व्यवसायीसंग सहकार्यका लागि समझदारी भएको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुँमागाईसहितको महिला उद्यमीको टोलीले धरानस्थित सुनसरी उद्योग वाणिज्य संघमा पुगेर सहकार्यका लागि प्रस्ताव अघि बढाएको थियो । महिला उद्यमीको प्रस्तावलाई सहर्ष स्वीकार्दै सुनसरी उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीले गरेका राम्रा अभ्यासका विषयमा समेत जानकारी गराएको थियो ।

सुनसरी उद्योग वाणिज्य संघ धरानका कार्यवहाक अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सुनसरी उद्योग वाणिज्य संघकी सदस्य तथा महिला उपसमिति अध्यक्ष वर्षा अग्रवाल श्रेष्ठले गरेकी थिइन् ।
कार्यक्रममा उद्योग वाणिज्य संघ कोशी प्रदेश सदस्य तथा महिला उद्यमी मनिता घिमिरेले आफूले गरेको व्यवसायका असल अभ्यासका विषयमा जानकारी गराएकी थिइन् ।
कोशी प्रदेशका महिला उद्यमीहरुलाई जडिवुटीबाट सावुन उत्पादन गर्ने तालिम प्रदान गर्दै आएको र आफूले पनि समृद्धि प्राकृतिक सावुन उद्योग सञ्चालन गर्दै आएको उनले बताएकी थिइन् । निम, तितेपाती, गाँजा सहितका विभिन्न सामग्री प्रयोग गर्दै सावुन उत्पादन गर्ने र त्यसलाई बजारीकरण गर्दै आफूले आर्थिक उपार्जन गर्ने गरेको र अरुलाई समेत रोजगारी दिलाएको कार्यक्रममा घिमिरेले जानकारी दिइन् ।  उनले कोशी प्रदेशका धरान सहित  धनकुट्टा, इलाम, पाँचथर, ओखलढुङ्गा सहितका धेरै ठाउँमा तालिम प्रदान गर्दै सयौं महिलालाई स्वावलम्वी बनाउन भूमिका निर्वाह गरेको धारणा राखेकी थिइन् ।
कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका सदस्य जयप्रकाश शर्माले धरानका व्यवसायीहरुको वस्तुस्थितिका विषयमा जानकारी दिएका थिए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी समूहकी सल्लाहकार यशोदा उप्रेती, विर्तामोड उद्योग वाणिज्य संघकी कोषाध्यक्ष तिलोत्तमा खत्री, महिला उद्यमी समूहकी महासचिव लीला अनमोल लगायतले झापाका व्यवसायीहरुले गरेका असल अभ्यास र बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको एक करोड रुपैयाँको व्यवसायी राहत कोषका विषयमा समेत जानकारी दिएका थिए ।
झुम्का उद्योग वाणिज्य संघका अध्यक्ष नवीन कुमार चौधरीले समेत झापा र सुनसरीका व्यवसायीहरुले गरेको व्यवसाय प्रद्र्धनमा अभ्यास अभ्यास साटासाट कार्यक्रमको प्रशंसा गरेका थिए । कार्यक्रममा बोल्दै उनले  झुम्का उद्योग वाणिज्य संघ  समेत सहकार्यका लागि तत्पर रहेको बताए । कार्यक्रमको संचालन सुनसरी उद्योग वाणिज्य संघका महासचिव महेन्द्र प्रधानले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]