२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

अनिवार्य मूल्यसूची राख्न संघको आह्वान

Logo

काठमाडौं, असोज ०४
नयाँ बानेश्वरका व्यापार व्यवसायी संघले सबै उपभोग्य बस्तुमा मूल्यसूची अनिवार्य राख्न व्यापारीहरुलाई आह्वान गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा भएको छलफलपछि संघले उपभोग्य बस्तुमा अनिवार्य मूल्यसूची राख्न संघमा आबद्ध सबै व्यापारी व्यवसायीलाई आह्वान गरेको हो ।
अनुगमनको नाममा व्यापारीहरुलाई अनावश्यक जरिवाना गराएको भन्दै संघका अध्यक्ष रामशरण गिरीको नेतृत्वमा व्यापारीहरुको ठुलो समुहमा छलफलका लागि बिहिवार विभाग पुगेको थियो । अनुगमन टोलीले केहिदिन अघि सम्झना गौतमको गुडविल बि फेसन र रञ्जना शर्माको एबिएस फेसन बर्डलाई मुल्य सुची नराखेको भन्दै ५० हजार जरिवाना तिर्न भनेको थियो ।
साना तिना विषयमा पहिलो पटकलाई सचेत गराउनु पर्नेमा ५० हजार रुपैयाँ जरिवाना गराएर व्यापारीहरुलाई हतोत्साहित पार्न खोजिएको संघको भनाई छ । ‘तथापी पनि व्यवसायलाई स्वस्थ र पारदर्शी बनाउने पहिलो दायित्व व्यापारीकै भएकाले ऐन कार्यान्वयनका लागि सबैलाई अपिल गरेका हौं ।’ अध्यक्ष गिरीले भने ।

मुल्य सुचिले मात्रै स्थाई समाधान नहुने र न्युनविजकीकरणले साना व्यवसायी घर न घाट को दोसाँधमा रहेको गिरी बताउँछन । नाकाबाट अनाधिकृत रुपमा भित्रिएका सामानहरुलाई रोकिनु पर्ने र भन्सार विभागले पनि न्युनबिजकीकरण लाई प्रोत्साहन गर्न नहुने उनको भनाई छ ।
संघमा आबद्ध सबै व्यवसायीलाई अनिवार्य मूल्यसूची राख्न र उपभोक्ता अधिकार संरक्षणमा सचेत रहन आग्रह गरिएको कोषाध्यक्ष रमेशमान शाक्यले जानकारी दिए । नयाँ बानेश्वर व्यापार व्यवसायी संघमा करिब ५ सय व्यापारी आबद्ध छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]