२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

अनिवार्य मूल्यसूची राख्न संघको आह्वान

Logo
प्रकाशित शनिबार, आश्विन ०४, २०७६

काठमाडौं, असोज ०४
नयाँ बानेश्वरका व्यापार व्यवसायी संघले सबै उपभोग्य बस्तुमा मूल्यसूची अनिवार्य राख्न व्यापारीहरुलाई आह्वान गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा भएको छलफलपछि संघले उपभोग्य बस्तुमा अनिवार्य मूल्यसूची राख्न संघमा आबद्ध सबै व्यापारी व्यवसायीलाई आह्वान गरेको हो ।
अनुगमनको नाममा व्यापारीहरुलाई अनावश्यक जरिवाना गराएको भन्दै संघका अध्यक्ष रामशरण गिरीको नेतृत्वमा व्यापारीहरुको ठुलो समुहमा छलफलका लागि बिहिवार विभाग पुगेको थियो । अनुगमन टोलीले केहिदिन अघि सम्झना गौतमको गुडविल बि फेसन र रञ्जना शर्माको एबिएस फेसन बर्डलाई मुल्य सुची नराखेको भन्दै ५० हजार जरिवाना तिर्न भनेको थियो ।
साना तिना विषयमा पहिलो पटकलाई सचेत गराउनु पर्नेमा ५० हजार रुपैयाँ जरिवाना गराएर व्यापारीहरुलाई हतोत्साहित पार्न खोजिएको संघको भनाई छ । ‘तथापी पनि व्यवसायलाई स्वस्थ र पारदर्शी बनाउने पहिलो दायित्व व्यापारीकै भएकाले ऐन कार्यान्वयनका लागि सबैलाई अपिल गरेका हौं ।’ अध्यक्ष गिरीले भने ।

मुल्य सुचिले मात्रै स्थाई समाधान नहुने र न्युनविजकीकरणले साना व्यवसायी घर न घाट को दोसाँधमा रहेको गिरी बताउँछन । नाकाबाट अनाधिकृत रुपमा भित्रिएका सामानहरुलाई रोकिनु पर्ने र भन्सार विभागले पनि न्युनबिजकीकरण लाई प्रोत्साहन गर्न नहुने उनको भनाई छ ।
संघमा आबद्ध सबै व्यवसायीलाई अनिवार्य मूल्यसूची राख्न र उपभोक्ता अधिकार संरक्षणमा सचेत रहन आग्रह गरिएको कोषाध्यक्ष रमेशमान शाक्यले जानकारी दिए । नयाँ बानेश्वर व्यापार व्यवसायी संघमा करिब ५ सय व्यापारी आबद्ध छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]