२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

शिक्षक आन्दोलन अन्त्य हुने संकेत, दुवै पक्ष सकारात्मक धारमा

Logo
जनचर्चा संवाददाता

काठमाडाैं, वैशाख १६ । सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता सहमति नजिक पुगेको छ। सत्तारूढ दल र शिक्षक महासंघबीच सोमबार भएको छलफलले यस्तो संकेत दिएको हो। २७ दिनदेखि चलिरहेको आन्दोलन टुंगिने सम्भावना बढेको छ। शिक्षकका माग सम्बोधन गर्ने तीन खाकामा छलफल भएको छ – केही माग मन्त्रिपरिषद्बाट पूरा गरिने, विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता र शिक्षकहरू विद्यालय फर्किने।

पूर्व शिक्षामन्त्री भट्टराईको ७ बुँदे प्रस्तावलाई आधार मानेर सहमति जुटाउने प्रयास भएको छ। एक-दुई दिनभित्रै टुंगो लाग्ने सम्भावना देखिएको नेताहरूले बताएका छन्। सरकारीले शिक्षा मन्त्रालयको प्रस्ताव आएपछि एक-दुई दिनमै शिक्षकका माग सम्बोधन हुने बताएकाे छ। प्रस्तावमा बिरामी बिदा रकम, निजामती अस्पतालमा उपचार, बालविकास शिक्षकलाई न्यूनतम पारिश्रमिक, ग्रेड समायोजन र दुर्गम भत्ताका लागि बजेटको व्यवस्था छ।

शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागलाई आफ्नो अन्तिम रेखा बनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]