१६ माघ २०८२, बिहिबार
29-01-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

देशको शासन व्यवस्था स्वेच्छाचारितातर्फ उन्मुख भएको पूर्व न्यायाधीशहरुको ठहर

Logo
जनचर्चा संवाददाता

काठमाडौं ,२९ बैशाख। पूर्व न्यायाधीश फोरमले वर्तमान संविधान लागू भएको दश बर्ष बितसक्दा पनि मुलुकमा कानूनको सर्वाेच्चता स्थापित हुन नसकेको जनाएको छ ।

फोरमद्वारा कानून दिवस २०८२ को उपलक्षमा काठमाडौंमा आयोजित कानूनी राज्य संरक्षणमा न्यायपालिकाको अपेक्षित भूमिका बिषयक छलफल कार्यक्रम पछि जारी विज्ञप्तिमा  मुलुकको शासन व्यवस्था कानून अन्तर्गत अनुशासित,उत्तरदायी र मर्यादित हुँदै जानुको सट्टा स्वेच्छाचारिता तर्फ उन्मुख हुँदै गएको उल्लेख गरिएको छ । जसका कारण कानूनी शासनको व्यवहारिक पक्ष इतिहासको सर्वाधिक कमजोर अवस्थामा  पुग्न गएको टड्कारो रुपमा देखिन गएको पनि बिज्ञप्तिमा उल्लेख छ ।

न्यायिक निश्चितता,एकरुपता र प्रभावकारिता देखिने गरी नागरिकका मौलिक अधिकारको संरक्षण तथा कानूनी शासनको अभिभावकीय दायित्व निर्वाह गर्ने कर्तव्य बोकेको न्यायपालिका संवैधानिक भूमिकाको निर्वाहमा अपेक्षाकृत कमजोर देखिएको पनि पूर्व न्यायाधीशहरुको ठहर छ । कतिपय कसुरका समबन्धमा गरिएका अनुसन्धान,अभियोजन,गिरफ्तारी कार्य प्रचलित कानूनको मर्म बिपरित तर्फ उन्मुख हुँदै गएकाले बिधिको शासन कमजोर हुँदै गएको बिज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]