०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

समानन्तर नागरिक आयोग बनाउने द्वन्द्वपीडितकाे चेतावनी

Logo
जनचर्चा संवाददाता

विराटनगर जेठ १ । द्वन्द्वपीडित संघसंस्थाहरुले संक्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारी चयन प्रक्रियामा आपत्ति जनाउँदै समानन्तर आयोग गठन गर्ने चेतावनी दिएका छन् । आज (बुधबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै द्वन्द्वपीडितका संघसंस्थाहरुले आफूहरुलाई नागरिक आयोग बनाउन बाध्य नबनाउन चेतावनी दिएका छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारी छनौट प्रक्रिया अपारदर्शी, अविश्वसनीय र पीडितमैत्री नभएको उनीहरुको दाबी छ । द्वन्द्वपीडितहरुले संवाद, सहभागिता र पारदर्शिताका आधारमा पीडितमैत्री प्रक्रिया अगाडि बढाउन माग गरेका छन् । ‘यदि यो प्रक्रिया सही बाटोमा नलाग्ने हो भने हामी नागरिक आयोग गठन गर्न बाध्य हुनेछौं,’– प्रधानमन्त्रीलाई सम्बोधन गरी लेखिएको पत्रमा भनिएको छ ।

राजनीतिक भागबन्डाका आधारमा आयोगमा पदाधिकारी नियुक्ति भएमा ती आयोगहरुमा त्यसप्रति पीडितको कुनै अपनत्व नरहने पीडितहरुको दाबी छ । ‘वर्षौंदेखि सत्य, न्याय र परिपूरणको बेग्र पर्खामा रहेका र संघर्षमय स्थितिबाट गुज्रेका हामी द्वन्द्वपीडित, समितिको व्यवहारले अपमानित अनुभूति गरेका छौं । सोही समितिको हठात सिफारिसमा पदाधिकारी नियुक्त गरेर हामी द्वन्द्वपीडितप्रति समितिले दर्शाएको अपमान, तिरस्कार र उपेक्षालाई गहिर्याउने काम सरकारबाट नहोस् भन्ने प्रधानमन्त्रीज्यूसँग हामी अन्तिम आग्रह गर्दैछौं,’– पत्रमा भनिएको छ ।

यसअघि पनि उनीहरुले प्रधानमन्त्री ओलीलाई भेटेर सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउने मागसहित ध्यानाकर्षणपत्र बुझाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]