०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

“डिजिटल बुकिङदेखि तालिमसम्म: ‘भक्तपुरको क्राउन एण्ड कर्लस युनिसेक्स सलोन’ बन्दै सौन्दर्य क्षेत्रको आकर्षक गन्तव्य”

Logo
बटुक गिरि

भक्तपुर, जेठ ६ ।   सुपथ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने गन्तव्य भक्तपुरको राधेराधे नजिकै स्थापना भएको ‘क्राउन एण्ड कर्लस युनिसेक्स सलोन’ विगत दुई वर्षदेखि सौन्दर्य सेवाको क्षेत्रमा विशिष्ट पहिचान बनाउँदै अघि बढिरहेको छ।

सुपथ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको यस सलोनले छोटो समयमै ग्राहकहरूको विश्वास जित्न सफल भएको छ। महिला र पुरुष दुवैका लागि डिजाइन गरिएको यो युनिसेक्स सलोनमा हेयर कट, स्टाइलिङ, फेसियल, स्किन केयर, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर लगायतका सम्पूर्ण सौन्दर्य सेवाहरू उपलब्ध छन्। यहाँ कार्यरत सबै कर्मचारी दक्ष र तालीमप्राप्त छन्, जसले ग्राहकको सन्तुष्टि र आरामलाई प्राथमिकतामा राखेर सेवा दिन्छन्। संचालक राज कार्कीका अनुसार, “हामीले सुरुदेखि नै सुपथ मूल्यमा गुणस्तरीय सेवा दिने लक्ष्य लिएका थियौं। यही सोचले गर्दा आज देशका प्रतिष्ठित व्यक्तिहरू समेत हाम्रो सेवा लिन यहाँ आउनुहुन्छ।

सेवा मात्र होइन, व्यवसायिक सीप विकासका लागि तालीम दिने काममा पनि हामी सक्रिय छौं।” ‘क्राउन एण्ड कर्लस’ ले सौन्दर्य क्षेत्रमा भविष्य बनाउने चाहना राख्ने युवायुवतीका लागि नियमित तालीम कार्यक्रम सञ्चालन गर्दै आएको छ। यहाँबाट तालीम प्राप्त गरेका धेरै युवाहरू हाल देशका विभिन्न स्थानमा सफलरूपमा कार्यरत छन्। डिजिटल प्रविधिको प्रयोग गर्दै सलोनले QR कोडमार्फत सेवा बुकिङ प्रणालीसमेत ल्याएको छ। ग्राहकले आफूलाई उपयुक्त समय र सेवा रोजेर सजिलै अनलाइनबाट बुकिङ गर्न सक्ने व्यवस्था गरिएको छ, जसले समयको बचतसँगै थप सहजता प्रदान गर्छ। आज ‘क्राउन एण्ड कर्लस युनिसेक्स सलोन’ भक्तपुर मात्र नभई काठमाडौं उपत्यकाका लागि पनि सौन्दर्य सेवा क्षेत्रको भरपर्दो गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। सुपथ दरमा उच्च गुणस्तरका सेवाहरू, अनुभवी स्टाफ र व्यवस्थापनको पारदर्शिताका कारण यो सलोन दिनप्रतिदिन लोकप्रिय बन्दै गएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]