०६ माघ २०८२, सोमबार
19-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

बाह्रदशी जेसीजद्वारा १७ जना  विद्यार्थीको अभिभावकत्व ग्रहण

Logo
जनचर्चा संवाददाता

झापा, जेठ १० । बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना  विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ ।
अति विपन्न विद्यार्थीको अध्ययनमा सहजताका लागि अभिभावकत्व ग्रहण गर्दै शैक्षिक सामग्री समेत बितरण गरेको छ । बाह्रदशी गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रमकाबीच १६ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रति विद्यार्थी चार हजार पाँच सय रुपैयाँ बरावरको स्कूल व्याग सहितका स्टेशनरी सामग्री  प्रदान गरिएको थियो ।गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाई, प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलासहितले उनीहरुलाई नगद एक हजार रुपैयाँ सहित स्टेशनरी सामग्री  प्रदान गरेका थिए ।

बाह्रदशी जेसीजले सन २०२३ बाट यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै प्रत्येक वर्ष  उनीहरको पढाई खर्च व्यहोर्दै आएको जेसीजले यो वर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिएको हो । अभिभावकत्व ग्रहण गरिएका वालवालिकालाई उच्च शिक्षा अध्ययनमा समेत जिम्ेवारी लिइने बताइएको छ ।
जेसीजले गरेको कार्यक्रमको प्रशंसा गर्दै गाउँपालिका अध्यक्ष चम्लागाईले समेत दुई जना बालवालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । उनले अमृत माध्यमिक विद्यालय भागुडुब्बामा  अध्ययनरत विद्यार्थी मनिष राजवंशी र सुन्दरपूर आधारभूत विद्यालयका विद्यार्थी आशिका गणेशको अभिभावकत्व ग्रहण गरेका हुन् ।

त्यस्तै बाह्रदशी जेसीज सन २०२५ का अध्यक्ष तीर्थप्रसाद काफ्लेले फूलवारी माविका विद्यार्थी पद्मा राजवंशीको अभिभावकत्व ग्रहण गरेका छन् । एक सदस्य एक अभिभावक भन्ने नारा लिएको जेसीजले शुरु गरेको कार्यक्रम अन्तरगत जेसीजका संस्थापक अध्यक्ष  विगम श्रेष्ठ – डिकप्रसाद आचार्य, पूर्व अध्यक्ष पुष्पलाल धमला – सुहानी खातुन, पूर्व अध्यक्ष लक्ष्मी प्रसाद उप्रेती –सविता माझी, निर्वतमान अध्यक्ष खगेन्द्र सुवेदी – आशिका खवासको अभिभावकत्व ग्रहण गरेका हुन् ।त्यस्तै राजु अधिकारी – अनुज गिरी, विश्वास गौतम – अम्विका सुवेदी, डिककुमार कटुवाल –लुकेश राजवंशी, सदिक्षा खड्का –जशोदा कुर्मी, पुष्प भट्टलाई – सुशील लिम्बू, गोकुल घिमिरे – दामिनी शाह, गोपाल उप्रेती – अस्मिता हस्दा , प्रकाश फुयाल –रिदिमा राजवंशी, नवराज दाहाल – अनिता राजवंशी र नवीन त्रिताल – सृजना सोरेनको अभिभावकत्व ग्रहण गरेका छन् ।
दुई खण्डमा गरिएको कार्यक्रम अन्तरगत भितेपात्रो विमोचन विश्वास गौतमको संयोजकत्वमा भएको थियो । अभिभावकत्व ग्रहण कार्यक्रम राजुअधिकारीको संयोजकत्वमा भएको हो ।
बाह्रदशी जेसीज सन २०२५ का अधयक्ष तीर्थ प्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष चम्लगाईले वाह्रदशी जेसीजले उत्कृष्ठ र रचनात्मक कार्य गरेको भन्दै प्रशंसा व्यक्त गरे । कार्यक्रमका विशेष अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलाले वालवालिकाको शिक्षा क्षेत्रमा गरिएको लगानीलाई खेर जान नदिन समय समयमा अनुगमन गर्न सुझाव समेत दिए ।
कार्यक्रममा पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक थीरकुमार दाहाल (कुमार), वाह्रदशी गाउँपालिका ४ का वडाध्यक्ष महताव आलम, नेपाल जेसीजका कार्यकारिणी गणेश सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
राजु अधिकारीले स्वागत गरेको कार्यक्रममा आस्था बाचन विश्वास गौतमले गरेका थिए भने जेसीजको मिसन भिजन गोपाल उप्रेतीले गरेका थिए । कार्यक्रमको संचालन बाह्रदशी जेसीजकी महासचिव सदिक्षा खड्काले गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]