०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बाह्रदशी जेसीजद्वारा १७ जना  विद्यार्थीको अभिभावकत्व ग्रहण

Logo
जनचर्चा संवाददाता

झापा, जेठ १० । बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना  विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ ।
अति विपन्न विद्यार्थीको अध्ययनमा सहजताका लागि अभिभावकत्व ग्रहण गर्दै शैक्षिक सामग्री समेत बितरण गरेको छ । बाह्रदशी गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रमकाबीच १६ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रति विद्यार्थी चार हजार पाँच सय रुपैयाँ बरावरको स्कूल व्याग सहितका स्टेशनरी सामग्री  प्रदान गरिएको थियो ।गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाई, प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलासहितले उनीहरुलाई नगद एक हजार रुपैयाँ सहित स्टेशनरी सामग्री  प्रदान गरेका थिए ।

बाह्रदशी जेसीजले सन २०२३ बाट यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै प्रत्येक वर्ष  उनीहरको पढाई खर्च व्यहोर्दै आएको जेसीजले यो वर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिएको हो । अभिभावकत्व ग्रहण गरिएका वालवालिकालाई उच्च शिक्षा अध्ययनमा समेत जिम्ेवारी लिइने बताइएको छ ।
जेसीजले गरेको कार्यक्रमको प्रशंसा गर्दै गाउँपालिका अध्यक्ष चम्लागाईले समेत दुई जना बालवालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । उनले अमृत माध्यमिक विद्यालय भागुडुब्बामा  अध्ययनरत विद्यार्थी मनिष राजवंशी र सुन्दरपूर आधारभूत विद्यालयका विद्यार्थी आशिका गणेशको अभिभावकत्व ग्रहण गरेका हुन् ।

त्यस्तै बाह्रदशी जेसीज सन २०२५ का अध्यक्ष तीर्थप्रसाद काफ्लेले फूलवारी माविका विद्यार्थी पद्मा राजवंशीको अभिभावकत्व ग्रहण गरेका छन् । एक सदस्य एक अभिभावक भन्ने नारा लिएको जेसीजले शुरु गरेको कार्यक्रम अन्तरगत जेसीजका संस्थापक अध्यक्ष  विगम श्रेष्ठ – डिकप्रसाद आचार्य, पूर्व अध्यक्ष पुष्पलाल धमला – सुहानी खातुन, पूर्व अध्यक्ष लक्ष्मी प्रसाद उप्रेती –सविता माझी, निर्वतमान अध्यक्ष खगेन्द्र सुवेदी – आशिका खवासको अभिभावकत्व ग्रहण गरेका हुन् ।त्यस्तै राजु अधिकारी – अनुज गिरी, विश्वास गौतम – अम्विका सुवेदी, डिककुमार कटुवाल –लुकेश राजवंशी, सदिक्षा खड्का –जशोदा कुर्मी, पुष्प भट्टलाई – सुशील लिम्बू, गोकुल घिमिरे – दामिनी शाह, गोपाल उप्रेती – अस्मिता हस्दा , प्रकाश फुयाल –रिदिमा राजवंशी, नवराज दाहाल – अनिता राजवंशी र नवीन त्रिताल – सृजना सोरेनको अभिभावकत्व ग्रहण गरेका छन् ।
दुई खण्डमा गरिएको कार्यक्रम अन्तरगत भितेपात्रो विमोचन विश्वास गौतमको संयोजकत्वमा भएको थियो । अभिभावकत्व ग्रहण कार्यक्रम राजुअधिकारीको संयोजकत्वमा भएको हो ।
बाह्रदशी जेसीज सन २०२५ का अधयक्ष तीर्थ प्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष चम्लगाईले वाह्रदशी जेसीजले उत्कृष्ठ र रचनात्मक कार्य गरेको भन्दै प्रशंसा व्यक्त गरे । कार्यक्रमका विशेष अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलाले वालवालिकाको शिक्षा क्षेत्रमा गरिएको लगानीलाई खेर जान नदिन समय समयमा अनुगमन गर्न सुझाव समेत दिए ।
कार्यक्रममा पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक थीरकुमार दाहाल (कुमार), वाह्रदशी गाउँपालिका ४ का वडाध्यक्ष महताव आलम, नेपाल जेसीजका कार्यकारिणी गणेश सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
राजु अधिकारीले स्वागत गरेको कार्यक्रममा आस्था बाचन विश्वास गौतमले गरेका थिए भने जेसीजको मिसन भिजन गोपाल उप्रेतीले गरेका थिए । कार्यक्रमको संचालन बाह्रदशी जेसीजकी महासचिव सदिक्षा खड्काले गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]