०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

भयो ४२ औँ युवा तथा जुनियर रेडक्रस सर्कल गोष्ठी सम्पन्न

Logo
जनचर्चा संवाददाता

विराटनगर,१७ जेष्ठ । आदर्श माध्यमिक विद्यालयमा ४२ औँ युवा तथा जुनियर रेडक्रस सर्कल गोष्ठी शुक्रबार सम्पन्न भएको छ। दुइदिनसम्म चलेको कार्यक्रममा मोरङ जिल्लाभरिका १०४ वटा सामुदायिक तथा संस्थागत विद्यालयका युवा तथा जुनियर रेडकस सर्कलका संरक्षक, शिक्षक नायक तथा विद्यार्थी सहित ४१६ जना विद्यालयका प्रतिनिधि, रेडक्रस उपशाखाका प्रतिनिधिहरू, जिल्ला रेडक्रस शाखाका पदाधिकारी तथा सदस्यहरू, रेडक्रस कर्मचारीहरू, आदर्श माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरू सहित ७०० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरेका थिए । कार्यक्रममा बोल्दै मेयर कोइरालाले रेडक्रसले आफ्नो गरिमालाई उच्च बनाएर काम गरिरहेको भन्दै प्रशंसा गरे । उनले आगामी दिनहरुमा पनि बिपद व्यवस्थापन लगायत मानवीय कार्यमा रेडक्रसको भुमिका अझ सशक्त बन्ने आशा ब्यक्त गरे । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल,रेडक्रस मोरङ जिल्ला शाखाका सभापति सुकदेव मण्डल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास पराजुली,आदर्श माविका प्रधानाध्यापक सन्तोष पोखरेल,सहायक प्रधानाध्यापक इन्द्र चौहान लगायतको उपस्थिति रहेको थियो।

आदर्श माध्यमिक विद्यालय युवा रेडक्रस सर्कलका अध्यक्ष प्रसिद्धि भट्टराईको सभापतित्वमा भएको थियो । दुई दिनसम्म सञ्चालन भएको उक्त आवासीय कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक,शिक्षक तथा विद्यार्थीहरूले रेडक्रस र यसले गर्ने कार्यहरू तथा विपद व्यवस्थापन, प्राथमिक उपचार लगायतका विषयहरूमा प्रशिक्षण लिएका थिए । कार्यक्रमको समापन समारोहमा विराटनगर महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मधुबाबु तिवारीले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो। कार्यक्रममा वर्षभरिमा विभिन्न प्रतिस्पर्धामा भाग लिएका विद्यालयहरू तथा विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]