०६ माघ २०८२, सोमबार
19-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

भयो ४२ औँ युवा तथा जुनियर रेडक्रस सर्कल गोष्ठी सम्पन्न

Logo
जनचर्चा संवाददाता

विराटनगर,१७ जेष्ठ । आदर्श माध्यमिक विद्यालयमा ४२ औँ युवा तथा जुनियर रेडक्रस सर्कल गोष्ठी शुक्रबार सम्पन्न भएको छ। दुइदिनसम्म चलेको कार्यक्रममा मोरङ जिल्लाभरिका १०४ वटा सामुदायिक तथा संस्थागत विद्यालयका युवा तथा जुनियर रेडकस सर्कलका संरक्षक, शिक्षक नायक तथा विद्यार्थी सहित ४१६ जना विद्यालयका प्रतिनिधि, रेडक्रस उपशाखाका प्रतिनिधिहरू, जिल्ला रेडक्रस शाखाका पदाधिकारी तथा सदस्यहरू, रेडक्रस कर्मचारीहरू, आदर्श माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरू सहित ७०० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरेका थिए । कार्यक्रममा बोल्दै मेयर कोइरालाले रेडक्रसले आफ्नो गरिमालाई उच्च बनाएर काम गरिरहेको भन्दै प्रशंसा गरे । उनले आगामी दिनहरुमा पनि बिपद व्यवस्थापन लगायत मानवीय कार्यमा रेडक्रसको भुमिका अझ सशक्त बन्ने आशा ब्यक्त गरे । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल,रेडक्रस मोरङ जिल्ला शाखाका सभापति सुकदेव मण्डल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास पराजुली,आदर्श माविका प्रधानाध्यापक सन्तोष पोखरेल,सहायक प्रधानाध्यापक इन्द्र चौहान लगायतको उपस्थिति रहेको थियो।

आदर्श माध्यमिक विद्यालय युवा रेडक्रस सर्कलका अध्यक्ष प्रसिद्धि भट्टराईको सभापतित्वमा भएको थियो । दुई दिनसम्म सञ्चालन भएको उक्त आवासीय कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक,शिक्षक तथा विद्यार्थीहरूले रेडक्रस र यसले गर्ने कार्यहरू तथा विपद व्यवस्थापन, प्राथमिक उपचार लगायतका विषयहरूमा प्रशिक्षण लिएका थिए । कार्यक्रमको समापन समारोहमा विराटनगर महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मधुबाबु तिवारीले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो। कार्यक्रममा वर्षभरिमा विभिन्न प्रतिस्पर्धामा भाग लिएका विद्यालयहरू तथा विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]