०६ माघ २०८२, सोमबार
19-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

एलन मस्कलाई छोराले हिर्काए,आँखामा चाेट

Logo
जनचर्चा संवाददाता

विराटनगर,१७ जेष्ठ । एलन मस्कको दाहिने आँखामा माथी कालो धब्बा देखेपछि गरिएका विभिन्न अड्कलबाजी फेल भएका छन् । यसको खुलासा उनी आफैले गरेका छन् । पत्रकारहरुको जिज्ञासामा उनले पाँच वर्षीय छोरा एक्स एश एट्वेल्भले मुक्का प्रहार गर्दा भएको हुनसक्ने भनेर बताएका छन्।

म एक्ससँग खेल्दै थिएँ। मैले उनलाई मेरो अनुहारमा मुक्का हान भनेपछि उसले मुक्का हानेको पनि थियो। मलाई त्यतिबेला खासै केही महसुस भएको थिएन। पछि नीलो भएको होला, मस्कले पत्रकारहरूसँग भने।

‍यो मस्कको कुरा ट्रम्प कार्यालयमा भएको हो । यो सम्वादलाई ट्रम्पले समेत रमाइलो मानेर सुनिरहेका थिए।डाम नै बसेको छ र ? मैले त याद नै गरेको थिइनँ, मस्कको आँखामा हेर्दै ट्रम्पले भनेका थिए। तर एक्सले त्यस्तो डाम नै बस्ने गरी मुक्का हान्न सक्छन् भन्नेमा आफूलाई थाहा भएको ट्रम्पले बताएका थिए। यस कुरालाई बालबालिकाले कहिलेकाही अभर पनि पार्न सक्छन् र त्यसखाले घटना भएका पनि छन् भनेर चर्चा भइरहेको छ ।
एजेन्सीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]