०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

गणतन्त्रको विरुद्धमा निरन्तर सडक तताउँदै राजावादीहरू

Logo
जनचर्चा संवाददाता

काठमाडौँ १८ जेष्ठ / राजसंस्था र हिन्दुराष्ट्र स्थापनाका लागि राजसंस्थाहरू पक्षधरले आन्दोलन गर्न थालेको आज तीन दिन भएको छ। बिहीबार गणतन्त्र दिवसको अवसर पारेर आन्दोलन थालेका उनीहरूले तीन दिन तीन फरक ठाउँमा आन्दोलन गरे।

बिहीबार रत्नपार्क (शान्तिबाटिका) क्षेत्रमा आन्दोलन गरेका थिए भने शुक्रबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म आन्दोलन गरे। आज शनिबार रन्तपार्कदेखि बालुवाटारसम्म र्‍याली गर्दै आन्दोलन गरेका छन्।

आज रत्नपार्क हुँदै कमलादी, कृष्ण पाउरूटी उद्योग, सिटी सेन्टर, नक्सालन हुँदै खुर्सानीटारमा पुगेर र्‍याली सभामा परिणत भएको थियो। अघिल्लो दुई दिन भएको आन्दोलनबाट उत्साहित भएका राजावादीहरू आजका लागि नारायणहिटीअगाडि नै प्रदर्शन गर्ने तयारीमा थिए।

तर सरकारले नारायणहिटी क्षेत्र वरपर निषेधित क्षेत्र घोषणा गरेपछि उनीहरू आज प्रधानमन्त्री निवास बालुवाटारतिर केन्द्रित भएका थिए। आजको आन्दोलनमा प्रहरीले धरपकडसमेत गरेको छ।

आन्दोलनरत केही युवाहरूको समूह निषेधाज्ञा क्षेत्र नारायणहिटीतिर जान खोजेपछि प्रहरीले धरपकड गर्दै कम्तिमा दुई युवालाई नियन्त्रमा लिएको प्रत्यक्षदर्शीले बताएका थिए।

त्रिचन्द्र क्याम्पस अगाडि प्रहरीले धरपकड गरेको थियो। सरकारले निषेधाज्ञा जारी गरेर आन्दोनलाई साँघुरो बनाउन थालेपछि निषेधाज्ञा आन्दोलनकारीहरूले अवेज्ञा नै नगरे पनि आन्दोलनलाई आज बालुवाटारतिर केन्द्रित गरे।

आन्दोलनमा भूतपूर्व सेनासँगै पूर्वसुरक्षाकर्मीहरूको सहभागिता पनि देखिन्छ। तीन दिन आन्दोलन गर्दा राजसंस्था पक्षधरहरू उत्साहित देखिन्छन्। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले आन्दोलन सफल रुपमा अगाडि बढेको बताए।

आजै आन्दोलनको समीक्षा गर्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बसेको थियो। बैठकले आन्दोलन सही रुपमा अगाडि बढेको निष्कर्ष निकालेको प्रवक्ता श्रेष्ठले बताए।

आन्दोलन अझ सशक्त बनाउन जनसहभागिता बढाउनुपर्ने बैठक निष्कर्ष पनि छ। जनसहभागिता बढाउन बैठकले वडा तथा टोलहरूमा भेटघाट र छलफल गर्नुपर्ने निष्कर्ष निकालेको श्रेष्ठले बताए।

आन्दोलन भोलि पनि निरन्तर हुनेछ। भोलि आइतबार दिनको २ बजे नारायणचौरमा आन्दोलनको कार्यक्रम गर्ने राजसंस्थापक्षधरको तयारी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]