०६ माघ २०८२, सोमबार
19-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

गणतन्त्रको विरुद्धमा निरन्तर सडक तताउँदै राजावादीहरू

Logo
जनचर्चा संवाददाता

काठमाडौँ १८ जेष्ठ / राजसंस्था र हिन्दुराष्ट्र स्थापनाका लागि राजसंस्थाहरू पक्षधरले आन्दोलन गर्न थालेको आज तीन दिन भएको छ। बिहीबार गणतन्त्र दिवसको अवसर पारेर आन्दोलन थालेका उनीहरूले तीन दिन तीन फरक ठाउँमा आन्दोलन गरे।

बिहीबार रत्नपार्क (शान्तिबाटिका) क्षेत्रमा आन्दोलन गरेका थिए भने शुक्रबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म आन्दोलन गरे। आज शनिबार रन्तपार्कदेखि बालुवाटारसम्म र्‍याली गर्दै आन्दोलन गरेका छन्।

आज रत्नपार्क हुँदै कमलादी, कृष्ण पाउरूटी उद्योग, सिटी सेन्टर, नक्सालन हुँदै खुर्सानीटारमा पुगेर र्‍याली सभामा परिणत भएको थियो। अघिल्लो दुई दिन भएको आन्दोलनबाट उत्साहित भएका राजावादीहरू आजका लागि नारायणहिटीअगाडि नै प्रदर्शन गर्ने तयारीमा थिए।

तर सरकारले नारायणहिटी क्षेत्र वरपर निषेधित क्षेत्र घोषणा गरेपछि उनीहरू आज प्रधानमन्त्री निवास बालुवाटारतिर केन्द्रित भएका थिए। आजको आन्दोलनमा प्रहरीले धरपकडसमेत गरेको छ।

आन्दोलनरत केही युवाहरूको समूह निषेधाज्ञा क्षेत्र नारायणहिटीतिर जान खोजेपछि प्रहरीले धरपकड गर्दै कम्तिमा दुई युवालाई नियन्त्रमा लिएको प्रत्यक्षदर्शीले बताएका थिए।

त्रिचन्द्र क्याम्पस अगाडि प्रहरीले धरपकड गरेको थियो। सरकारले निषेधाज्ञा जारी गरेर आन्दोनलाई साँघुरो बनाउन थालेपछि निषेधाज्ञा आन्दोलनकारीहरूले अवेज्ञा नै नगरे पनि आन्दोलनलाई आज बालुवाटारतिर केन्द्रित गरे।

आन्दोलनमा भूतपूर्व सेनासँगै पूर्वसुरक्षाकर्मीहरूको सहभागिता पनि देखिन्छ। तीन दिन आन्दोलन गर्दा राजसंस्था पक्षधरहरू उत्साहित देखिन्छन्। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले आन्दोलन सफल रुपमा अगाडि बढेको बताए।

आजै आन्दोलनको समीक्षा गर्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बसेको थियो। बैठकले आन्दोलन सही रुपमा अगाडि बढेको निष्कर्ष निकालेको प्रवक्ता श्रेष्ठले बताए।

आन्दोलन अझ सशक्त बनाउन जनसहभागिता बढाउनुपर्ने बैठक निष्कर्ष पनि छ। जनसहभागिता बढाउन बैठकले वडा तथा टोलहरूमा भेटघाट र छलफल गर्नुपर्ने निष्कर्ष निकालेको श्रेष्ठले बताए।

आन्दोलन भोलि पनि निरन्तर हुनेछ। भोलि आइतबार दिनको २ बजे नारायणचौरमा आन्दोलनको कार्यक्रम गर्ने राजसंस्थापक्षधरको तयारी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]